दुई वटा लघुवित्त कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 29, 2023 | 08:32:59 AM मा प्रकाशित

laxmi  sunrise bank

दुई वटा लघुवित्त कम्पनीको लाभांश सुरक्षित गर्ने आज चैत्र १५ गते अन्तिम दिन रहेको छ । साधारणसभा प्रयोजनको लागि चैत्र १६ गते बुक क्लोज गर्ने निर्णय गरेका कालिका लघुवित्त र विजय लघुवित्तको लाभांश सुरक्षित गर्ने आज अन्तिम हो । आज चैत्र १५ गतेसम्म कायम शेयरधनीले मात्र यी कम्पनीको सभामा भाग लिन र प्रस्तावित लाभांश पाउँन सक्ने छन् 

कालिका लघुवित्तले  आर्थिक वर्ष ७८/७९ को मुनाफाबाट हाल कायम चुक्ता पुँजीको १९ प्रतिशत बोनस शेयर र १ प्रतिशत नगद लाभांश बितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीले चैत्र २९ गते साधारणसभा आह्वान गरेको छ  

त्यस्तै विजय लघुवित्तले २० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि १.०५२६ प्रतिशत नगद लाभांश  बितरण गर्ने प्रस्ताव गरेको छ। कम्पनीले चैत्र २८ गते साधारणसभा आह्वान गरेको हो 

साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा बितरण हुने छ । 


Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved