नेप्सेमा एसएमई प्लेटफर्म संचालनको लागि कानुनको मस्यौदा तयार, अब 'बाघ र बाख्रालाई छुट्टै खोर'

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 29, 2023 | 08:10:35 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल धितोपत्र बोर्डले नेपाल स्टक एक्सचेन्ज नेप्सेमा एसएमई प्लेटफर्म संचालनको लागि आवश्यक पर्ने नियमावलीको मस्यौदा तयार पारेको छ । बोर्डका अध्यक्ष रमेश हमालले मस्यौदा टायर भएकोले सुझावको लागि बिहिबार सार्वजनिक गर्ने बताएका हुन् ।

आज आयोजित लगानीकर्ता अन्तरक्रिया कार्यक्रममा अध्यक्ष हमालले आज नै मस्यौदा सार्वजनिक गर्ने तयारी गरेको भएपनि समबन्धित विभागका २ जना कर्मचारी आज कार्यालयमा अनुपस्थित भएकोले बिहिबार मस्यौदा सार्वजनिक गर्ने बताए। उनका अनुसार बिहिबार १० बजेसम्ममा मस्यौदा सार्वजनिक गरिने छ ।

मस्यौदा तयार भएसँगै सम्बन्धित सरोकारवालाहरुको सुझाव लिएर मस्यौदालाई बोर्डबाट पारित गरि स्वीकृतिको लागि अर्थ मन्त्रालय हुँदै मन्त्रिपरिषदमा पठाईने उनले बताए । उनले अबको ७ हप्तामा नियमावली आई नेप्सेमा एसएमई प्लेटफर्म संचालन हुने दाबी गरे ।

अहिले सबै खालको कम्पनीलाई एकै ठाउँमा राखेर कारोबार गराउंदा बाघ र बाख्रालाई एकै खोरमा राखेको जस्तो भएकोले अब एसएमई प्लेट फर्म आएपछि त्यस्तो नहुने उनले बताए । 

बोर्डले लामो समयदेखि साना तथा मझौला कम्पनीको शेयर कारोबारको लागि छुट्टै एसएमई प्लेटफर्म संचालन गर्न चाहेको थियो । बोर्डले सो को लागि व्यवस्था गर्न नेप्सेलाई निर्देशन पनि दिएको थियो । तर नेप्सेले प्रष्ट कानुनी आधार नभएसम्म एसएमई प्लेटफर्म संचालन गर्न नसकिने बताएपछि कानुनी सुधार गरेर नियमावली मै य्स्लैई समावेश गर्न लागेको हो । कम पुँजी भएका कम्पनीलाई एसएमई प्लेटफर्ममा राखेर एसएमई प्लेटफर्मको छुट्टै इन्डेक्स बनाएर कारोबार गराउने तयारी बोर्डले गरेको हो। 


Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved