'अदालतले रोके अर्को नियमावली ल्याएर भए पनि नयाँ स्टक एक्सचेन्ज र ब्रोकर लाईसेन्स दिन्छौ'

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 29, 2023 | 10:55:12 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश कुमार हमालले सर्वोच्च अदालतमा विचाराधीन मुद्दाहरु छिटो टुंगो लग्नु पर्ने बताएका छन् अदालतमा परेका नयाँ स्टक ब्रोकर र नयाँ स्टक एक्सचेन्ज सम्बन्धि मुद्दाहरु छिटो टुंगो लाग्नु पर्ने र यसको लागि आफुले पनि अदालतलाई आग्रह गरिरहेको बताएका हुन् ।

बुधबार आयोजित अन्तरक्रिया कार्यक्रममा उनले अदालतले छिटो मुद्दाको टुंगो लगाउनु पर्ने र यसलाई अनिर्णयको बन्दी बनाएर राख्न नहुने बताए । उनले निर्णय आफ्नो पक्षमा आए पनि नआए पनि अदालतले निर्णय गरिदिनु पर्ने बताए ।

आफ्नो पक्षमा निर्णय नआए अर्को बाटोबाट भएपनि नयाँ स्टक एक्सचेन्ज, नयाँ स्टक ब्रोकर र कमोडिटी ल्याउनको लागि पहल गर्ने उनले बताए । उनले गन्तब्य प्रष्ट भएकोले एउटा बाटोबाट लाईसेन्स वितरण गर्ने सम्भव नभए अर्को बाटोबाट भए पनि गन्तब्यमा पुग्ने बताए । अहिलेको नियमावली अनुसार लाईसेन्स वितरण गर्न अदालतले रोक लगाएमा अर्को नियमावली ल्याएर भएपनि लाईसेन्स दिने उनले उल्लेख गरे ।

उनले प्रष्ट मापदण्ड बनाएर, समय तोकेर, लाईसेन्स पाउँन सक्ने गरि नियमावलीमा व्यवस्था गरेको बताए ।   

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved