दुई वटा लघुवित्त कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 30, 2023 | 08:34:54 AM मा प्रकाशित

laxmi  sunrise bank

दुई वटा लघुवित्त कम्पनीको लाभांश सुरक्षित गर्ने आज चैत्र १६ गते अन्तिम दिन रहेको छ । साधारणसभा प्रयोजनको लागि चैत्र १७ गते बुक क्लोज गर्ने निर्णय गरेका एनएमबि लघुवित्त र जीवन विकास लघुवित्तको लाभांश सुरक्षित गर्ने आज अन्तिम हो । आज चैत्र १६ गतेसम्म कायम शेयरधनीले मात्र यी कम्पनीको सभामा भाग लिन र प्रस्तावित लाभांश पाउँन सक्ने छन् 

एनएमबि लघुवित्तले  आर्थिक वर्ष ७८/७९ को मुनाफाबाट हाल कायम चुक्ता पुँजीको १० प्रतिशत बोनस शेयर र ०.५२६३  प्रतिशत नगद लाभांश बितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीले बैशाख १५ गते साधारणसभा आह्वान गरेको छ  

त्यस्तै जीवन विकास लघुवित्तले १४.२८५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.७१४ प्रतिशत नगद लाभांश  बितरण गर्ने प्रस्ताव गरेको छ। कम्पनीले चैत्र ३० गते साधारणसभा आह्वान गरेको हो 

साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा बितरण हुने छ । 


Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved