नयाँ अर्थमन्त्री आउँदा पनि लगानीकर्तामा देखिएन उत्साह, शेयरबजारमा दोहोरो अंकको गिरावट

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 02, 2023 | 03:22:04 PM मा प्रकाशित

laxmi  sunrise bank

साताको पहिलो दिन आज आइतबार शेयरबजार परिसूचक नेप्से दोहोरो अंकले घटेको छ। आज नेप्से सूचक २० अंकले घटेर १८८८.५५ को बिन्दुमा पुगेर रोकिएको छ 

अर्थ मन्त्रीमा नेपाली कांग्रेसका डा. प्रकाशशरण महत नियुक्त भएपछिको पहिलो शेयर कारोबारमा नै सूचक दोहोरो अंकले घटेको हो। कांग्रेस कै अर्थ मन्त्री आउँदा शेयरबजारमा उत्साह आउने आम लगानीकर्ताको अनुमानका विपरित आज बजारमा दोहोरो अंकको गिरावट आएको हो 

आज कारोबारमा आएका २६० कम्पनीका ३७ लाख ८७ हजार २ सय ४१ कित्ता शेयर खरिद बिक्रीबाट १ अर्ब २० करोड ७१ लाख २२ हजार ६ सय रुपैयाँको कारोबार भएको छ । जस मध्ये एनआईसी एसियाको सर्वाधिक ५ करोड ५ लाख, शिवम सिमेन्टको ४ करोड ५१ लाख, रिडी पावरको ३ करोड ७३ लाख, हिमालयन डिस्टिलरीको २ करोड ५२ लाख तथा नेपाल पुनर्बीमा कम्पनीको २ करोड ४५ लाखको कारोबार भएको छ 

आज कारोबारमा आएका सबै समुहगत सूचक घटेका छन् । जस मध्ये ट्रेडिङ समुह सर्वाधिक २.७८ प्रतिशत तथा हाइड्रो समुहमा १.६३ प्रतिशत घटेको छ 

आज कालिन्चोक दर्शन लिमिटेडको शेयर मूल्य सर्वाधिक ९.९६ प्रतिशत बढेको छ भने सिटिजन म्युचुफल फण्ड १ को इकाई मूल्य ६.१० प्रतिशत तथा जीवन विकास लघुवित्तको शेयर मूल्य ४.८७ प्रतिशत बढेको छ । 

आज स्वाभिमान लघुवित्तको शेयर मूल्य सर्वाधिक ९.६१ प्रतिशत, प्रभु बैंकको ऋणपत्रको शेयर मूल्य ९.६० प्रतिशत, तथा कालिका लघुवित्तको शेयर मूल्य ७.४९ प्रतिशत घटेको छ । त्यस्तै विजय लघुवित्तको शेयर मूल्य ६.६९ प्रतिशत घटेको छ 

आज कारोबारमा आएका मध्ये २३ कम्पनीको मात्र मूल्य बढेको छ भने १८९ कम्पनीको शेयर मूल्य घटेको छ । ४ कम्पनीको मूल्य भने स्थिर छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved