'सरकारकै नीतिका कारण घरजग्गा व्यवसायमा सुधार आएँन'

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 01, 2024 | 01:05:18 PM मा प्रकाशित

laxmi  sunrise bank

घर जग्गा तथा आवास विकास संघका अध्यक्ष विदुर धमलाले दर्ता नभई घर जग्गा कारोबार गर्नेहरुका कारण संस्थागत रुपमा घरजग्गा कारोबार गर्ने व्यवसायीहरु बदनाम भएको बताएका छन् । घर जग्गा तथा आवास विकास संघको १७ औ साधारणसभा बोल्दै उनले यस्तो बताएका हुन् ।

उनले अन्य देशमा घर जग्गा व्यवसायीलाई सम्मान हुने गरेको भए पनि नेपालमा भने विभिन्न कारणले बदनाम हुनु पर्ने उनले उल्लेख गरेका छन् । अध्यक्ष धमलाले बैंकहरुबाट घर जग्गा व्यवसायीलाई ऋण लिन समेत गाह्रो परेको बताए । ट्रेडिङ गर्ने व्यापारीलाई जसरी नै घरजग्गा व्यवसायीलाई पनि बैंकले ऋण दिनु पर्ने उनको भनाई थियो ।

कार्यक्रमका प्रमुख अतिथि रहेका नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले निजी क्षेत्रलाई संगै लिएर गए मात्र देशको आर्थिक समृद्धि हुने बताए । अर्थतन्त्रको अन्य सुचक राम्रो हुँदा हुँदै पनि घरजग्गा व्यवसायमा सुधार आउँन नसकेको उनको भनाई थियो । सरकारले आफुहरुसँग धेरै सुझाव लिने गरेपनि निजी क्षेत्रको सुझावलाई वेवास्ता गरेको उनले बताए । 

त्यस्तै घर जग्गा तथा आवास विकास महासंघका अध्यक्ष भेषराज लोहनीले घरजग्गा व्यवसायीहरुको कन्फिडेन्स घटेको बताए । सरकार कै नीतिका कारण घर जग्गा व्यवसायी अप्ठेरोमा परेको र २०७७ मा आएको जग्गाको वर्गीकरण र कित्ताकाँटको नियमले नयाँ हाउजिङ र अपार्टमेन्ट आयोजना आउन नसकेको उनको भनाई थियो । यहि कारण नेपालका ७६ वटा ठूला अपार्टमेन्टहरु समस्यामा परेको उनले बताए ।सरकारले ल्याण्ड पुलिङको जिम्मा निजी क्षेत्रलाई दिनु पर्ने र यसो हुँदा वैदेशिक लगानी पनि भित्रिने उनले बताए । 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved