१० अर्बको ‘इन्भेष्टमेन्ट कम्पनी’ बनाउँदै महासंघ, १० प्रतिशत आईपीओ

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 01, 2024 | 01:13:16 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल उद्योग वाणिज्य महासंघले अगुवाइ गरेर ‘इन्भेष्टमेन्ट कम्पनी’ सञ्चालन गर्ने भएको छ । महासंघले देशैभरका उद्यमी व्यवसायीहरुले लगानी गर्न सक्ने गरि १० अर्ब पूँजीको इन्भेष्टमेन्ट कम्पनी खोल्ने भएको हो । 

आज नेपाल जग्गा तथा आवास विकास संघको साधारणसभामा महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले महासंघको अगुवाइमा इन्भेष्टमेन्ट कम्पनी खोल्न लागिएको बताएका हुन् । उनका अनुसार उक्त कम्पनीले ३५ देखि ४० अर्बका परियोजनामा लगानी गर्न सकिने छ । अध्यक्ष ढकालले कुल पूँजीको १० प्रतिशत सर्वसाधारण नागरिकमा प्राथमिक शेयर निष्काशन गर्ने गरि सेयर संरचना तय गरिएको छ ।

उनले धेरै पैसा हुनेले धेरै लगानी गर्छु भनेर नपाउने बताउँदै लगानीका लागि निश्चित सीमा तोकिने र ७७ वटै जिल्लाबाट प्रतिनिधित्व गराउने बताए । साना र मझौला उद्यमी व्यवसायीहरुलाई प्राथमिकता दिने बताउँदै अध्यक्ष ढकालले कुनै व्यवसायीले २ लाख लगानी गर्न चाहेमा त्यो रकम पनि स्वीकार गरेर पूँजी संकलन गरिने बताएका छन् । 

महासंघका सदस्य बाहेकका उद्योगी व्यवसायीले पनि लगानी गर्न सक्ने बताइएको छ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved