दोस्रो खुलामुखी म्युचुअल फण्ड योजना संचालन गर्दै नबिल इन्भेष्टमेन्ट

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 02, 2023 | 06:43:30 PM मा प्रकाशित

laxmi  sunrise bank

नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडले दोस्रो खुलामुखी सामुहिक लगानी कोष योजना संचालन गर्ने भएको छ। कम्पनीले 'एनआई ३१' नामक खुलामुखी सामुहिक लगानी कोष योजना संचालनको लागि नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको हो ।

कम्पनीले चैत्र १६ गते बोर्डमा आवेदन दिएको हो । नबिल इन्भेष्टमेन्टका अनुसार यो योजनाको आकार २५ करोडको हुने छ १५ करोड बराबरको १ करोड ५० लाख इकाई भने सर्वसाधारणलाई निष्काशन हुने छ ।

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा सुचिकृत कम्पनीको वार्षिक प्रतिवेदनको आधारमा ३१ वटा कम्पनी छनौट गरि यस योजनाले ति कम्पनीको शेयर मात्र खरिद गर्ने छ । नबिल इन्भेष्टमेन्टको टिमले कम्पनी छनौटको मापदण्ड तयार गर्ने र सो मापदण्डमा पर्ने कम्पनीहरुमा यस योजनाले लगानी गर्ने छ । आईपिओमा गरिने लगानी भने ३१ वटामा गणना हुने छैन ।

प्रस्तावित 'एनआई ३१' म्युचुअल फण्ड नबिल इन्भेष्टमेन्ट अन्तर्गत संचालन हुने छैठौ म्युचुअल फण्ड योजना हुने छ भने दोस्रो खुलामुखी योजना हुने छ। हाल नबिल इन्भेष्टमेन्टले नबिल फ्लेक्सी क्याप फण्ड नामक खुलामुखी म्युचुअल फण्ड योजना पनि संचालन गरिरहेको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved