अर्थमन्त्रीले भने 'शेयरबजारमा पोजेटिभ भाइब्स र पोजेटिभ सेन्टिमेन्ट सिर्जना गर्न लागि पर्छु'

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 03, 2023 | 12:34:08 PM मा प्रकाशित

laxmi  sunrise bank

अर्थमन्त्री डा. प्रकाशशरण महतले शेयरबजार प्रति सरकार संवेदनशील रहेको बताएका छन्।  नेपाल उद्योग वाणिज्य महासंघ, पुँजीबजार फोरमका सभापति अम्बिकाप्रसाद पौडेलको नेतृत्वमा गएको टोलीसँगको छलफलमा अर्थमन्त्री महतले शेयरबजार प्रति सरकार संवेदनशील रहेको बताएका हुन्

उनले शेयरबजारको भूमिका महत्वपूर्ण रहेकोले राष्ट्र बैंक लगायतका संस्थाले ल्याएको नीतिले पारेको प्रभावका बारेमा सम्पूर्ण सरोकारवालासँग छलफल गर्ने बताए । राष्ट्र बैंकसँग प्रारम्भिक छलफल भईसकेको बताउदै उनले थप विस्तृतमा छलफल गर्ने बताएका छन्। उनले व्यक्तिगत लाभ हानी भन्दा पनि समग्रमा अर्थतन्त्र चलायमान गर्नको लागि के आवश्यक छ, त्यो गर्ने प्रतिवद्दता व्यक्त गरेका छन्।  उनले शेयरबजारमा पोजेटिभ भाइब्स र पोजेटिभ सेन्टिमेन्ट सिर्जना गर्न लागि पर्ने बताए। यसमा सबै स्टेक होल्डरको सहयोगको आवश्यकता रहेको बताउदै उनले आवश्यकता अनुसार सबै सरोकारवालासँग विस्तृतमा थप छलफल गरिने बताए। 

सो अवसरमा नेपाल उद्योग वाणिज्य महासंघ पुँजीबजार फोरमको तर्फबाट सभापति अम्बिका पौडेलले पुँजी बजारको वर्तमान अवस्था र सुधारका लागि गर्नु पर्ने कार्यको बारेमा सुझाव पेश गरेका छन् । लगानीकर्ता, ब्रोकर, मर्चेन्ट बैंकर संलग्न भई सुझाव प्रस्तुत गरिएको पौडेलले बताए ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved