
नेपाल स्टक एक्सचेन्ज नेप्सेमा आज सोमबार दुईवटा कम्पनीको बोनस शेयर सुचिकृत भएको छ । आज नेप्सेमा आईएमई जनरल इन्स्योरेन्स र विन नेपाल लघुवित्तको बोनस शेयर सुचिकृत भएको हो ।
आज आईएमई जनरल इन्स्योरेन्सको ६ प्रतिशतले हुन आउने १० लाख २० हजार ९ सय ९० दशमलव ८५ कित्ता बोनस शेयर र विन नेपाल लघुवित्तको ९.३३ प्रतिशतले हुन आउने ६७ हजार ६ सय ५० कित्ता बोनस शेयर सुचिकृत भएको हो ।
शेयर सुचिकृत भएसँगै आफ्नो डिम्याट खातामा आएपछि लगानीकर्ताले यी शेयर खरिद बिक्री गर्न सक्ने छन् ।