लक्ष्मी क्यापिटलको खुलामुखी योजनाको इकाई इसेवा मार्फत खरिद गर्ने सुविधा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 04, 2023 | 08:14:14 PM मा प्रकाशित

laxmi  sunrise bank

इसेवा बाट नै लक्ष्मी क्यापिटल मार्केटले सञ्चालन गरेको खुलामुखी सामुहिक लगानी कोष योजनाको इकाई खरिद गर्न सकिने भएको छ। इसेवा र क्यापिटलले आज यस सम्बन्धि सम्झौतामा हस्ताक्षर गरेका हुन् ।

सम्झौता अनुसार क्यापिटलले सञ्चालन गरेको 'शुभ लक्ष्मी कोष' खुलामुखी सामुहिक लगानी कोष योजना अन्तर्गतको व्यवस्थित लगानी योजना (एसआईपी) र सोझै योजनाको इकाई इसेवाबाट भुक्तानी गरेर खरिद गर्न सकिने छ ।

इसेवाका अनुसार इसेवा एप तथा वेबपेजमा रहेको फाइनान्सियल सर्भिसेस भित्र गएर, इन्भेष्टमेन्ट बटन छनोट गरी लक्ष्मी म्युचुअल फण्डको एसआईपी वा युनिट पर्चेज खरिद गर्न सकिने छ ।  क्यापिटलमा दर्ता नभएका ग्राहकहरुलाई इसेवा मार्फत नै रजिस्टर गर्न मिल्ने गरी सो सेवा उपलब्ध गराइएको सेवाले जनाएको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved