प्रभु क्यापिटल र सेन्ट जेभियर्स कलेजबीच सम्झौता

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 05, 2023 | 03:31:27 PM मा प्रकाशित

laxmi  sunrise bank

प्रभु क्यापिटल लिमिटेड र सेन्ट जेभियर्स कलेज बीच  समझदारी पत्रमा हस्ताक्षर भएको छ ।  सेन्ट जेभियर्स कलेजका व्यवस्थापन विभागको स्नातक तहमा अध्ययनरत विद्यार्थीहरुलाई लगानी, वित्तीय योजना र जोखिम व्यवस्थापन सहित पूँजी बजारको सैद्धान्तीक तथा व्यवहारिक ज्ञान प्रदान गरी विद्यार्थीहरुको क्षमता अभिबृद्धि गर्ने उद्देश्यले सहकार्य गर्ने सम्बन्धमा समझदारी पत्रमा सम्झौता भएको क्यापिटलले जनाएको छ ।

सम्झौतामा प्रभु क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत आशिष गौचन र सेन्ट जेभियर्स कलेजका तर्फबाट प्राध्यापक फादर. डा. अगस्टिन थोमस एस. जे. ले हस्ताक्षर गरेका छन् । 

सम्झौता अनुसार प्रभु क्यापिटल ले कलेजका विद्यार्थीहरु, कर्मचारीहरुलाई आफनो सेवामा सहुलियत प्रदान गर्ने साथै विद्यार्थीहरुको आवश्यकता बमोजिम पूँजी बजार सम्बन्धी सामान्य, आधारभुत, तथा प्राविधीक विश्लेषण सम्बन्धी ज्ञान प्रदान गर्ने क्यापिटलले जनाएको छ।



Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved