नेप्सेमा सानिमा मिडिल तमोरको आईपिओ सुचिकृत, कुन मूल्यमा हुन्छ पहिलो कारोबार ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 09, 2023 | 12:31:48 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा सानिमा मिडिल तमोर हाइड्रोको शेयर सुचिकृत भएको छ । आज आइतबार कम्पनीको ३ करोड ३३ लाख २५ हजा  कित्ता शेयर सुचिकृत भएको हो 

शेयर सुचिकृत भएसँगै सोमबारबाट कम्पनीको शेयर कारोबार गर्न सकिने भएको छ। सोमबारको स्पेसल प्रि ओपन सेसनमा पहिलो कारोबार भई मूल्य तय भएपछि नियमित सत्रमा कम्पनीको शेयर कारोबार हुने छ ।  नेप्सेले कम्पनीको पहिलो कारोबारको लागि ९८.४३ रुपैयाँदेखि २९५.२९ रुपैयाँसम्मको रेन्ज तोकेको छ। यस रेन्जको बीचमा रहेको जुनसुकै मूल्यबाट पहिलो कारोबार हुन सक्ने ब्यबस्था रहेको छ । कम्पनीको TAMOR सिम्बलबाट कारोबार हुने छ। 

कम्पनीले फागुन २६ गतेदेखि  फागुन ३० गतेसम्म सर्वसाधारणलाई आइपिओ बिक्रि खुला गरेको थियो । कम्पनीले ताप्लेजुङमा ७३ मेगावाटको मिडिल तमोर हाइड्रोपावर आयोजना निर्माण गरिरहेको छ ।  आयोजनाको कुल अनुमति लागत १३ अर्ब ३३ करोड रहेको छ । आगामी २०८० भदौ २६ गतेसम्ममा आयोजना सम्पन्न गर्ने लक्ष्य छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved