म्युचुअल फण्डहरुले पहिलो दिन नै बेचे आरक्षणमा पाएको सानिमा मिडिल तमोरको ४० प्रतिशत शेयर

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 10, 2023 | 03:50:45 PM मा प्रकाशित

laxmi  sunrise bank

सानिया मिडिल तमोरको शेयर आज सोमबार कारोबार सुरु भएको छ। आज पहिलो दिन नै कम्पनी दिन नै ६ करोड ६५ लाख ६८ हजार ५ सय ८० रुपैयाँ ४० पैसाको कारोबार भएको छ 

आज कम्पनीको कुल १२ हजार ७ सय ७८ वटा कारोबार भएको छ । जसमा २ लाख ६ हजार २ सय ४७ कितात खरिद बिक्री भएको छ 

आज पहिलो दिन नै सामुहिक लगानी कोषहरुले ८४ हजार कित्ता शेयर बिक्री गरेका छन् । आज ११ कित्ता भन्दा बढीका ६ सय ३४ वटा कारोबार भएका छन् । सर्वसाधारणसँग १० कित्ता भन्दा बढी शेयर नभएको र प्रमोटरको शेयर अहिले बिक्री गर्न नपाइने हुँदा ११ कित्ता भन्दा बढीका सबै शेयर सामुहिक लगानी कोषहरुले नै बिक्री गरेका हुन् । यस हिसाबमा सामुहिक लगानी कोषहरुले ८४ हजार ८ सय ८७ कित्ता शेयर बिक्री गरेका छन् । उनीहरुले अर्डर राखेको शेयर टुक्रिएर पनि कारोबार हुन सक्ने भएकोले यो संख्या अझ बढी हुन्छ । तर १० कित्ता कारोबार भएको शेयर सर्वसाधारणले गरेको मान्दा पनि सामुहिक लगानी कोषहरुले आरक्षणमा पाएको ४० प्रतिअशत शेयर पहिलो दिन नै बेचेका छन् 

कम्पनीले सामुहिक लगानी कोषहरुलाई २ लाख ४९ हजार ९ सय ३७ कित्ता शेयर बाँडफाँड गरेको थियो । आज उनीहरुले बिक्री गरेको कुल शेयर संख्या ८४ हजार ८ सय ८७ कित्ता मात्र माने पनि उनीहरुले ३३.९६ प्रतिशत शेयर अर्थात् झन्डै ४० कित्ता शेयर पहिलो दिन नै बिक्री गरेका छन् 

पछिल्लो समय सामुहिक लगानी कोषहरुलाई आईपिओमा दिईएको आरक्षण बन्द गर्नु पर्ने माग गठेको छ । नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश हमालले पनि सामुहिक लगानी कोषहरुलाई दिइएको आरक्षण पुनरावलोकन हुने बताउदै आएका छन् । म्युचुअल फण्डहरुले कारोबार भएको पहिलो दिन नै ठूलो संख्यामा शेयर बिक्री गरेर नाफा बुक गर्न थालेपछि सामुहिक लगानी कोषहरुलाई आईपिओमा दिईएको आरक्षण बन्द गर्नु पर्ने माग गठेको हो

आज म्युचुअल फण्डहरुले बिक्रि गरेको शेयर मध्ये सबैभन्दा ठूलो कारोबार ६ हजार ८ सय ३१ कित्ता शेयर रहेको छ। यो ब्रोकर नम्बर ४२ बाट बिक्री भएको हो 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved