ब्रोकर नम्बर ३४ ले उपत्यकामा पहिलो पटक खोल्यो शाखा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 12, 2023 | 11:53:24 AM मा प्रकाशित

laxmi  sunrise bank

ब्रोकर नम्बर ३४ भिजन सेक्युरिटिज् प्रा.लिले नियामक निकायहरुबाट अनुमति लिई शेयर बजारको ईतिहासमा उपत्यका भित्र पहिलो पटक ललितपुर महानगरपालिका वार्ड नं. २०, कुमारीपाटीमा शाखा कार्यालय स्थापना गरेको छ ।  ललितपुर महानगरपालिकाकी उप मेयर मञ्जली शाक्य वज्राचार्यले उक्त ब्रोकर शाखाको उद्घाटन गरेकी हुन्  ।

आर्थिक मन्दी, तरलताको अभावको मुद्रा संकुचन जस्ता असरले शेयर बजारलाई पनि प्रभावित बनाएकोले हालको अवस्थामा कम्पनीहरुको वित्तिय विवरण राम्रो संग अध्ययन गरेर मात्र लगानी गर्न उपमेयर मञ्जली शाक्य वज्राचार्यले आग्रह गरेकी छिन् ।

कार्यक्रममा सिडीएससीका प्रमुख कार्यकारी अधिकृत पूर्णप्रसाद आचार्यले शेयर बजारमा हुने उतार–चढाव एक प्रकृयामा रहने भएकोले अहिलेको अवस्थामा केहि समयलाई होल्ड गर्ने गरि लगानी गरिएमा प्रतिफल राम्रो आउन सक्ने अवस्था रहेको बताए।  लगानीकर्ताहरुको डाटाहरुलाई सुरक्षित गर्न सिडिएस तथा क्लियरिङ्ग लि.ले आफ्नो कार्यालयमा, सिंहदरवारमा र उपत्यका वाहिर हेटौंडामा गरि तीन स्थानमा डाटा सेन्टर राखिएको उनले बताए ।

 धितोपत्र कारोवारको नियमन गर्ने निकाय नेपाल धितोपत्र बोर्ड (सेवोन) ले मिति २०७९ फाल्गुण ४ गते देखि “धितोपत्र दलाल व्यवसायीले शाखा कार्यालय खोल्ने निर्देशिका, २०७९” जारी गरि लागु गरे पश्चात निश्चित मापदण्ड पुरा गरेको धितोपत्र व्यवसायीहरुलाई मुख्य कार्यलय नभएको उपत्यका भित्रका जिल्लामा शाखा कार्यालय खोल्न सकिने व्यवस्था गरेको छ । पुजीँ वजारको ईतिहासमा ब्रोकर व्यवसाय र यो व्यवसाय गर्ने व्रोकर कम्पनीहरुको शाखा सञ्चालन सम्वन्धी प्रकृयाहरुमा भिजन सेक्युरिटिज् प्रा.लि.ले उपत्यका भित्र नै पहिलो ब्रोकर कम्पनीको रुपमा आफुलाई उभ्याउन सफल भएको जनाएको छ ।

भिजनको उपत्यका बाहिर सबै भन्दा धेरै ९ वटा शाखा संचालनमा रहेको  तथा उपत्यका भित्र पहिलो शाखा सञ्चालन गर्ने ब्रोकर कम्पनी बनेको छ। 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved