नेप्सेमा सगरमाथा जलविद्युत कम्पनीको आईपिओ सुचिकृत, कुन मूल्यमा हुन्छ पहिलो कारोबार ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 12, 2023 | 01:11:59 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा सगरमाथा जलविद्युत कम्पनीको शेयर सुचिकृत भएको छ । आज बुधबार कम्पनीको १ करोड १२ लाख कित्ता शेयर सुचिकृत भएको हो 

शेयर सुचिकृत भएसँगै बिहिबार कम्पनीको शेयर कारोबार गर्न सकिने भएको छ। बिहीबारको स्पेसल प्रि ओपन सेसनमा पहिलो कारोबार भई मूल्य तय भएपछि नियमित सत्रमा कम्पनीको शेयर कारोबार हुने छ ।  नेप्सेले कम्पनीको पहिलो कारोबारको लागि १११.४१ रुपैयाँदेखि ३३४.२३ रुपैयाँसम्मको रेन्ज तोकेको छ। यस रेन्जको बीचमा रहेको जुनसुकै मूल्यबाट पहिलो कारोबार हुन सक्ने ब्यबस्था रहेको छ । कम्पनीको SMJC सिम्बलबाट कारोबार हुने छ। 

कम्पनीले फागुन २६ गतेदेखि  फागुन ३० गतेसम्म सर्वसाधारणलाई आइपिओ बिक्रि खुला गरेको थियो । कम्पनीले ताप्लेजुङमा ७३ मेगावाटको मिडिल तमोर हाइड्रोपावर आयोजना निर्माण गरिरहेको छ ।  आयोजनाको कुल अनुमति लागत १३ अर्ब ३३ करोड रहेको छ । आगामी २०८० भदौ २६ गतेसम्ममा आयोजना सम्पन्न गर्ने लक्ष्य छ ।

कम्पनीले चैत्र ८ गतेदेखि चैत्र १२ गतेसम्म शेयर निष्काशन गरेको थियो । कम्पनीले  सर्वसाधारणलाई ४३ लाख ६८ हजार कित्ता शेयर निष्काशन गरेको थियो । 

कम्पनीले इलाम जिल्ला इलाम नगरपालिका वार्ड नं. २, ३ र ५ स्थित माई खोलामा सुपरमाई जलविद्युत ‘ए’ आयोजना निर्माण गरी सञ्चालन गरिरहेको छ । आयोजनाको क्षमता ९.६ मेगावाट रहेको छ । आयोजनाले २०७७ जेष्ठ ३२ देखि जलविद्युत उत्पादन शुरु गरिसकेको छ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved