नेप्सेमा मोलुङ हाइड्रोपावरको आईपिओ सुचिकृत, ६०.६२ रुपैयाँदेखिको रेन्ज

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 12, 2023 | 01:21:43 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा मोलुङ हाइड्रोपावर कम्पनीको शेयर सुचिकृत भएको छ । आज बुधबार कम्पनीको ८०  लाख २५ हजार कित्ता शेयर सुचिकृत भएको हो 

शेयर सुचिकृत भएसँगै बिहिबार कम्पनीको शेयर कारोबार गर्न सकिने भएको छ। बिहिबारको स्पेसल प्रि ओपन सेसनमा पहिलो कारोबार भई मूल्य तय भएपछि नियमित सत्रमा कम्पनीको शेयर कारोबार हुने छ ।  नेप्सेले कम्पनीको पहिलो कारोबारको लागि ६०.६२ रुपैयाँदेखि १८१.८६ रुपैयाँसम्मको रेन्ज तोकेको छ। यस रेन्जको बीचमा रहेको जुनसुकै मूल्यबाट पहिलो कारोबार हुन सक्ने ब्यबस्था रहेको छ । कम्पनीको MHCL सिम्बलबाट कारोबार हुने छ।  

कम्पनीले  फागुन ४ देखि फागुन १० गतेसम्म सर्वसाधारणलाई आइपिओ बिक्री खुला गरेको थियो। कम्पनीले कम्पनीमा कार्यरत कर्मचारीको लागि ५४ हजार ५ सय ७० कित्ता शेयर र सर्वसाधारणलाई २२ लाख ६४ हजार ६ सय ५५ कित्ता शेयर निष्काशन गरेको थियो ।  

कम्पनीले ओखलढुंगामा ७ मेगावाटको मोलुङखोला जलविद्युत आयोजना निर्माण सम्पन्न गरि २०७४ चैत्र १२ गतेदेखि व्यापरिक उत्पादन गर्दै आईरहेको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved