सरकारले दिने स्टार्टअप कर्जाको लागि एनआईसी एसिया क्यापिटलले सुरु गर्यो परामर्श सेवा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 12, 2023 | 04:47:43 PM मा प्रकाशित

laxmi  sunrise bank

एनआईसी एशिया क्यापिटलले स्टार्टअप कम्पनीहरुलाई कर्पोरेट एडभाइजरी सेवा प्रदान गर्ने भएको छ  । क्यापिटलले 'Startup Launchpad' नामक सेवा सार्वजनिक गर्दै स्टार्टअपहरुलाई नेपाल सरकारबाट प्राप्त हुने सहुलियतपूर्ण कर्जा लिनको लागि सहजीकरण गर्ने जनाएको हो । 

क्यापिटलका अनुसार यस सेवा अन्र्तगत उद्ममीले पेश गर्नु पर्ने परियोजनाको प्रस्ताव तयार गर्ने, उद्ममीको पक्षबाट पूरा गर्नुपर्ने कागजातहरुमा सहयोग गर्ने, तथा अन्य आवश्यक सम्पूर्ण परामर्श सेवा प्रदान गरिने छ । क्यापिटलले कर्जा सुविधा सम्बन्धी परामर्श सेवा प्रदान गर्न लागेको हो।

राष्ट्रिय योजना आयोगले सहुलियतपूर्ण कर्जा दिने निर्णय गर्नासाथ क्यापिटलले पहिलो पटक मर्चेण्ट बैंकिङ्कको “कर्पोरेट एडभाईजारी" सेवा अन्तर्गत "स्टार्टअप लन्चप्याड" नामक नयाँ सेवा संचालनमा ल्याएको थियो । उक्त समयमा क्यापिटलले २० भन्दा बढी स्टार्टअप कम्पनीहरुलाई सफलता पूर्वक उक्त सेवा प्रदान गरिसकेको जनाएको छ । 

सरकारले “स्टार्टअप उद्मम कर्जा कोष कार्यविधि, २०७९” जारी गरेपछि क्यापिटलले सो सेवा फेरी संचालनमा ल्याएको हो ।   कार्यविधि अनुसार कृषि तथा पशुपन्छीमा आधारित, वन (जडीबुटी, वन पैदावार) मा आधारित, पर्यटन प्रवद्धन तथा मनोरञ्जन र अतिथि सत्कारसँग सम्बन्धित, विज्ञान, प्रविधि, सञ्चार तथा सूचना प्रविधिमा सम्बन्धित, मानव स्वास्थ सेवासँग सम्बन्धित, शिक्षा तथा शिक्षण सिकाईसँग सम्बन्धित, सहज र सुरक्षित यातायात तथा पारवाहन सेवासँग सम्बन्धित, पुर्वाधार निर्माण कार्यसँग सम्बन्धित, अटोमोवाइलसँग सम्बन्धित, परम्परागत प्रविधि, उत्पादन र सेवाप्रवाहको प्रकृयामा सुधारसँग सम्बन्धित, खानी तथा खनिज अनुसन्धान र विकाससँग सम्बन्धित, घरायसी वा दैनिक जीवनयापनलाई सरल, सहज, सुरक्षित बनाउन सहयोग पुग्ने, खाद्म उत्पादन तथा प्रशोधन, फोहोरमैला व्यवस्थापन तथा वातावरण, सम्बन्धित कार्यहरुमा संम्लग्न स्टार्टअपहरु उक्त कर्जा सुविधाको लागी योग्य हुनेछन्।

योग्य स्टार्टअपहरुलाई क्यापिटलले कर्जा लिनको लागि आवश्यक परामर्शको साथै परियोजनाको प्रस्ताव तयार गर्ने, उद्ममीको पक्षबाट पूरा गर्नुपर्ने कागजातहरुमा सहयोग गर्ने जनाएको हो । उक्त सेवा सम्बन्धी थप जानकारीको लागि प्रमुख परामर्श सेवा, सन्दिप सूवेदी मोवाईल नं. ९८४१७५९०७१ वा इमेल ठेगाना [email protected] मा सोझै सम्पर्क गर्न क्यापिटलले आग्रह गरेको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved