एनआईसी एसिया लघुवित्तको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 13, 2023 | 08:44:15 AM मा प्रकाशित

laxmi  sunrise bank

एनआईसी एसिया लघुवित्तको लाभांश सुरक्षित गर्ने आज चैत्र ३० गते अन्तिम दिन रहेको छ । कम्पनीले  साधारणसभा प्रयोजनको लागि बैशाख १ देखि बैशाख १० गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेकोले आज चैत्र ३० गते सम्म कायम रहेका शेयरधनीले मात्र कम्पनीको सभामा भाग लिन र प्रस्तावित लाभांश पाउँन सक्ने छन् ।

कम्पनीले बैशाख १० धादिङको होटेल गजुरीमा सभा आह्वान गरेको छ। कम्पनीको सभामा लाभांश सहितका विविध प्रस्ताव पेश हुने छन् । कम्पनीले आर्थिक वर्ष ७८/७९ को मुनाफाबाट  कर सहित १४.७५ प्रतिशत नगद लाभांश बितरण गर्ने प्रस्ताव गरेको छ । हाल कम्पनीको चुक्ता पुँजी १ अर्ब ७३ करोड ९४ लाख ४० हजार रहेको छ । कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा बितरण हुने छ। 

 यस्ता छन् कम्पनीको सभामा पेश हुने प्रस्तावहरु:

साधारण प्रस्ताव

१. आर्थिक वर्ष २०७८ / ७९ को सञ्चालक समितिको प्रतिवेदन पारित गर्ने ।

२. लेखापरीक्षकको प्रतिवेदन सहित आ.व. २०७८ / ७९ को वासलात, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण लगायतका वार्षिक वित्तीय विवरणहरु उपर छलफल गरी स्वीकृत गर्ने ।

३. लेखापरीक्षण समितिको सिफारिस बमोजिम आर्थिक वर्ष २०७९ / ८० का लागि बाह्य लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक तोक्ने । (वर्तमान लेखापरीक्षक श्री KJ. Associates ऐन बमोजिम पुनः नियुक्त हुन सक्नुहुनेछ ।)

४. सञ्चालक समितिले पारित गरे बमोजिम संस्थाको शेयरधनी महानुभावहरुलाई गत आ.व. २०७८ / ७९ को संचित मुनाफाबाट हाल कायम चुक्ता पूँजी रु.१,७३,९४,४०,०००/- (अक्षेरुपी एक अरब त्रीहत्तर करोड चौरानब्बे लाख चालिस हजार मात्र) को १४.७५% अर्थात रु २५,६५,६७,४००/- (अक्षेरुपी पच्चीस करोड पैंसठ्ठी लाख सतसठ्ठी हजार चार सय मात्र) बराबरको नगद लाभांश (कर प्रयोजन सहित) वितरण गर्न स्वीकृत गर्ने ।

५. संस्थापक एन आई सी एशिया बैंक लिमिटेडको सञ्चालक समितिको ५९०औं बैठकको निर्णय अनुसार मनोनित प्रतिनिधि सञ्चालकहरु फेरबदल भएकोमा यस संस्थाको १६६औं सञ्चालक समितिबाट निज मनोनित प्रतिनिधि सञ्चालकहरु सिए सन्तोष कुमार राठी ज्यू र दिनेश भारी ज्यूलाई बाँकी कार्यकालको लागि सञ्चालक नियुक्त गरेको निर्णयलाई अनुमोदन गर्ने ।

 विशेष प्रस्ताव :

१. संस्थाको प्रबन्धपत्र र नियमावलीमा समसामयिक थप / संशोधन गर्ने ।

२. प्रबन्धपत्र र नियमावली संशोधन स्वीकृतिको क्रममा नियमनकारी निकायहरुबाट कुनै फेरबदल, थपघट तथा संशोधन गर्न निर्देशन वा सुझव भएमा सोही बमोजिम गर्न सञ्चालक समितिलाई वा सञ्चालक समितिले तोकेको पदाधिकारीलाई अख्तियारी प्रत्यायोजन गर्ने ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved