कुन मूल्यमा भयो मोलुङ हाइड्रो र सगरमाथा जलविद्युत कम्पनीको पहिलो शेयर कारोबार ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 13, 2023 | 10:53:20 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा मोलुङ हाइड्रोपावर कम्पनी र सगरमाथा जलविद्युत कम्पनीको शेयर कारोबार सुचारु भएको छ । आज बिहिबारको स्पेसल प्रि ओपन सेसनमा कम्पनीको पहिलो कारोबार भई मूल्य तय भएपछि कम्पनीको कारोबार सुचारु भएको हो ।

मोलुङको पहिलो कारोबार १४१ रुपैयाँमा भएको छ ।  नेप्सेले कम्पनीको पहिलो कारोबारको लागि ६०.६२ रुपैयाँदेखि १८१.८६ रुपैयाँसम्मको रेन्ज तोकेको थियो। यस रेन्जको बीचमा रहेको जुनसुकै मूल्यबाट पहिलो कारोबार हुन सक्ने ब्यबस्था रहेकोमा १४१ रुपैयाँबाट कारोबार सुरु भएको हो । कम्पनीको MHCL सिम्बलबाट कारोबार भएको छ।  

त्यस्तै सगरमाथा जलविद्युत कम्पनीको पहिलो कारोबार ३३४ रुपैयाँमा भएको छ ।  नेप्सेले कम्पनीको पहिलो कारोबारको लागि १११.४१ रुपैयाँदेखि ३३४.२३ रुपैयाँसम्मको रेन्ज तोकेको थियो। यस रेन्जको बीचमा रहेको जुनसुकै मूल्यबाट पहिलो कारोबार हुन सक्ने ब्यबस्था रहेकोमा उच्चतम बिन्दुबाट नै कारोबार सुरु भएको हो । कम्पनीको SMJC सिम्बलबाट कारोबार भएको छ। 

बुधबार यी दुवै कम्पनीको शेयर सुचिकृत भएको थियो  । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved