नेशनल माइक्रोफाइनान्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 16, 2023 | 09:15:18 AM मा प्रकाशित

laxmi  sunrise bank

आज वैशाख ३ गते  नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ । कम्पनीले साधारणसभा प्रयोजनको लागि वैशाख ४ देखि वैशाख १५ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेकोले आज वैशाख ३ गते सम्म कायम रहेका शेयरधनीले मात्र कम्पनीको सभामा भाग लिन र प्रस्तावित लाभांश पाउँन सक्ने छन् ।

  कम्पनीले वैशाख १५ धादिङको धादिङ क्रिक रिसोर्टमा सभा आह्वान गरेको छ । कम्पनीको सभामा लाभांश सहितका विविध प्रस्ताव पेश हुने छन् । कम्पनीले आर्थिक वर्ष ७८/७९ को मुनाफाबाट १५ प्रतिशत बोनस शेयर बितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा बितरण हुने छ। 
कम्पनीले  २०७८ / ०३ / ३० गते साविकको महिला सहयात्रा लघुवित्त वित्तीय संस्था लि. लाई प्राप्ति गरेको कारण सो मिति भन्दा अगाडि कायम शेयरधनीलाई प्राप्ति मिति देखि दुई आ.व. सम्म लाभांशमा कर छुट हुने व्यवस्थाको कारण हाल लाभांशकर प्रयोजनार्थ छुट्टै रकम नछुट्याईएको जनाएको छ । उक्त मिति भन्दा पछि शेयर खरिद गर्ने शेयरधनीहरुले लाभांशकर आफै भुक्तानी गर्नुपर्ने कम्पनीले प्रष्ट पारेको छ । 

यस्ता छन् कम्पनीको सभामा पेश हुने प्रस्ताव


साधारण प्रस्ताव

१) सञ्चालक समितिको तर्फबाट अध्यक्षज्यूद्वारा प्रस्तुत हुने आर्थिक बर्ष २०७८ / ७९ को वार्षिक प्रतिबेदन उपर छलफल गरी पारित गर्ने ।

२) लेखापरीक्षकको प्रतिवेदन सहितको २०७९ आषाढ मसान्तको वासलात, आर्थिक बर्ष २०७८ / ७९ को नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण सहितको वित्तीय विवरणहरु (अनुसूचीहरु समेत) छलफल गरी पारित गर्ने ।

३) यस वित्तीय संस्थाको आर्थिक बर्ष २०७९ / ८० को लेखापरीक्षण कार्य गर्नको लागि लेखापरीक्षक नियुक्ति एवं निजको पारिश्रमिक निर्धारण गर्ने ।

विशेष प्रस्ताव 

१) आ.व. २०७८ / ७९ को मुनाफावाट हाल कायम चुक्ता पूँजी रु.५८,६६, ७४,९७३ ५० (अक्षरेपी: अन्ठाउन्न करोड छैसट्टी लाख चौहत्तर हजार नौ सय त्रिहत्तर पैसा पचास मात्र) को १५ (पन्ध्र) प्रतिशतले हुन आउने रु.८,८०,०१,२४६।०३ (अक्षरेपी आठ करोड असी लाख एक हजार दुईसय छयालिस पैसा तीन मात्र) बरावरको बोनश शेयर जारि गरी संस्थाको चुक्ता पूँजी रु. ६७,४६, ७६, २१९ ५३ (अक्षरेपी: सतसट्टी करोड छयालिस लाख छैहत्तर हजार दुई सय उन्नाईस पैसा त्रिपन्न मात्र) पुऱ्याउने विशेष प्रस्तावलाई पारित गर्ने ।

२) प्रबन्धपत्रको दफा ६ (ख) र दफा ६ (ग) तथा नियमावलीको नियम ३२ (१) (ख) र नियम ३२ (१) (ग) मा आवश्यक संशोधन गर्ने सम्बन्धी विशेष प्रस्तावमा छलफल गरी पारित गर्ने र प्रस्तावित संशोधनमा नियमनकारी निकायबाट फेरबदल गर्न निर्देशन भएमा सोमा थपघट, परिमार्जन तथा सच्याउनको लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने ।

३) नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेड र समीट लघुवित्त वित्तीय संस्था लिमिटेड एक आपसमा गाभ्ने/गाभिने (मर्जर) सम्बन्धमा गरिएको प्रारम्भिक समझदारीपत्र (MOU) तथा संस्थाहरुको सम्पत्ति, दायित्व तथा पछिल्लो कारोवारको मूल्याङ्कन ( Due Diligence Audit- DDA) गर्नको लागि संयुक्त मर्जर समितिद्वारा नियुक्त लेखापरीक्षक (DDA Auditor) को नियुक्ती तथा निजको पारिश्रमिकलाई अनुमोदन गर्ने ।

४) यस संस्थाको नियमावलीको नियम २७ (३) मा भएको व्यवस्था बमोजिम संस्थापक सञ्चालकहरुको ४ वर्षको कार्यकाल समाप्त भई निर्वाचन गर्न पर्ने अवस्था रहेको तथापि यस संस्था र समीट लघुवित्त वित्तीय संस्था लि. विच मर्जर सम्बन्धी प्रारम्भिक सम्झौता भई नेपाल राष्ट्र बैंकबाट सैद्धान्तिक सहमती समेत प्राप्त गरी सकेको र बैंक तथा वित्तीय संस्था एक आपसमा गाभ्ने/ गाभिने (मर्जर) तथा प्राप्ति (एक्विजिशन सम्बन्धी विनियमावली, २०७३ (पाँचौ संशोधन २०७९ सहित) को विनियम १३ (ढ) मा यस विनियमावली बमोजिम सैद्धान्तिक सहमति प्राप्त गरेका संस्थाका सञ्चालकहरुको तोकिएको कार्यकाल समाप्त भई निर्वाचन गर्नुपर्ने अवस्था भएतापनि गाभिएर वा प्राप्ति (एक्विजिशन) पश्चात प्रचलित कानून बमोजिम पुनः निर्वाचन नभएसम्मको अवधिको लागि सञ्चालक पदमा बहाल रहन छुट प्रदान गरीनेछ भन्ने व्यवस्थाको अधिनमा रहि यस संस्था र समीट लघुवित्त वित्तीय संस्था लिमिटेड मर्जर भई पुनः निर्वाचन नभए सम्मको लागि हाल कायम संस्थापक सञ्चालकहरु बहाल रहने विशेष व्यवस्था पारित गर्ने । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved