भूगोल इनर्जिको आईपिओ आज बाँडफाँड हुँदै

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 16, 2023 | 02:10:17 PM मा प्रकाशित

laxmi  sunrise bank

 भूगोल इनर्जि डेभलपमेन्ट कम्पनी लिमिटेडले सर्वसाधारणलाई निष्काशन गरेको आईपिओ आज आइतबार बाँडफाँड हुने भएको छ । बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटलले आज आइतबार दिउँसो २:३० बजे शेयर बाँडफाँड गर्न लागेको हो ।

कम्पनीले चैत्र २३ गतेदेखि चैत्र २७ गतेसम्म आईपिओ बिक्री गरेको थियो ।  कम्पनीले  सर्वसाधारणलाई १३ लाख ४६ हजार ९ सय ९३ कित्ता शेयर निष्काशन गरेको हो । त्यस्तै ७१ हजार ९ सय १६ कितात सामुहिक लगानी कोषहरुलाई छुट्याईएको थियो। 

  कम्पनीले यस अघि नै आयोजना प्रभावित स्थानीय र विदेशमा रहेका नेपाली श्रमिकलाई शेयर निष्काशन गरि बाँडफाँड गरि सकेको छ । यस कम्पनीले दैलेखमा ३.७५ मेगावाटको द्वारी खोला साना जलविद्युत आयोजनाको निर्माण सम्पन्न गरि विजुली उत्पादन गरिरहेको छ ।  

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved