धितोपत्र बोर्डमा नयाँ संगठन संरचना: सुपरिवेक्षण विभागमा ब्यापक फेरबदल, २ ईडीको सरुवा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 18, 2023 | 02:14:04 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल धितोपत्र बोर्डले नयाँ संगठन संरचना स्वीकृत गरेको छ। बोर्डको गत चैत्र १४ गते बसेको संचालक समितिको बैठकले नयाँ संरचना स्वीकृत गरेको हो । त्यस्तै बोर्डले २ जना कार्यकारी निर्देशक (ईडी) को सरुवा समेत गरेको छ । 

नयाँ संरचना अनुसार बोर्डको महाशाखामा ब्यापक फेरबदल गरिएको छ । विशेषगरि सुपरिवेक्षण विभाग अन्तर्गत धेरै फेरबदल गरिएको छ । यस अघि सुपरिवेक्षण विभाग अन्तर्गत ४ वटा महाशाखा रहेकोमा अब २ वटा महाशाखा मात्र कायम गरिएको छ । २ वटै महाशाखा अन्तर्गत ४-४ वटा शाखा गरि सुपरिवेक्षण विभागमा ८ वटा शाखा कायम गरिएको छ । यस अघि सुपरिवेक्षण विभागमा ६ वटा शाखा मात्र थिए । नयाँ संरचना अनुसार धितोपत्र कारोबारको सुपरिवेक्षणको लागि छुट्टै शाखा गठन गरीएको छ । यस अघि स्टक एक्सचेन्ज, धितोपत्र कारोबार, सिडीएस तथा डिपीको सुपरिवेक्षण एकै शाखाले गर्ने गरेको थियो ।

वस्तु तथा अनुसन्धान विभागको स्थानमा अब नीति अनुसन्धान तथा प्रशिक्षण विभाग गठन गरिएको छ । बोर्डले बोर्डका कार्यकारी निर्देशक डा. नवराज अधिकारीलाई सुपरिवेक्षण विभागबाट अनुसन्धान विभागमा सरुवा गरेको छ । अनुसन्धान विभागमा रहेका कार्यकारी निर्देशक विनयदेव आचार्यलाई सुपरिवेक्षण विभागको जिम्मेवारी दिइएको छ । 

यस्तो छ बोर्डको नयाँ संरचना :





Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved