माई खोला हाइड्रोको आईपिओ भर्ने आज अन्तिम दिन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 25, 2023 | 08:55:07 AM मा प्रकाशित

laxmi  sunrise bank

माई खोला हाइड्रोपावर लिमिटेडले निष्काशन गरेको आईपिओमा आवेदन दिने आज वैशाख १२ गते अन्तिम दिन रहेको छ  । कम्पनीले वैशाख ८ गतेदेखि सर्वसाधारणलाई आईपिओ बिक्री खुला गरेको हो ।

कम्पनीले ७६ हजार ४ सय ७१ कित्ता समुहिक लगानी कोषहरुलाई ३० हजार ५ सय ८८ कित्ता कम्पनीका कर्मचारीलाई छुट्याएर सर्वसाधारणलाई १२ लाख ६९ हजार ४ सय ११ कित्ता शेयर निष्काशन गरेको हो । आवेदन दिंदा न्युनतम १० कित्ता र अधिकतम ५० हजार कित्ताको लागि आवेदन दिन सकिने छ। कम्पनीले शेयर निष्काशनको लागि प्रभु क्यापिटललाई बिक्री प्रबन्धक चयन गरेको छ ।

 कम्पनीले यस अघि नै आयोजना प्रभावित स्थानीय र श्रम स्वीकृति लिई विदेशमा कार्यरत नेपाली श्रमिकलाई शेयर निष्काशन गरिसकेको छ । कम्पनीले इलाममा ३ मेगावाटको सुपरमाई क्यास्केट जलविद्युत आयोजना निर्माण सम्पन्न गरि २०७७ असार ३१ गतेदेखि व्यापारिक उत्पादन गरिरहेको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved