नेपाल रिपब्लिक मिडियाले पायो आईपिओ निष्काशन अनुमति

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 25, 2023 | 11:14:48 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल रिपब्लिक मिडिया लिमिटेडले आईपिओ निष्काशनको अनुमति पाएको छ । नेपाल धितोपत्र बोर्डले कम्पनीलाई वैशाख ११ गते आईपिओ निष्काशनको लागि अनुमति प्रदान गरेको हो ।  कम्पनीले कार्तिक २ गते शेयर निष्काशनको अनुमति माग गर्दै बोर्डमा आवेदन दिएको थियो ।

बोर्डबाट अनुमति पाएसंगै  कम्पनीले प्रति शेयर १०० रुपैयाँको दरले ४३ करोड ५३ लाख बराबरको ४३ लाख ५३ हजार कित्ता बराबरको शेयर निष्काशन गर्ने छ । कम्पनीले आफ्नो जारी पुंजीको ४४.९९ प्रतिशत शेयर सर्वसाधारणलाई निष्काशन गर्न लागेको हो ।

शेयर निष्काशनको लागि मेगा क्यापिटल बिक्रि प्रबन्धक रहेको छ । नेपाल रिपब्लिक मिडियाले नागरिक राष्ट्रिय दैनिक र रिपाब्लिका पत्रिका प्रकाशन गर्दै आएको छ।

पछिल्लो समय मिडियाहरु पनि शेयर निष्काशन गर्न तयारी गरिरहेका छन् । कान्तिपुर मिडिया र जनता टेलिभिजनले पनि आईपिओ निष्काशन गर्ने तयारी गरिरहेका छन् ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved