मेन्छियाम हाइड्रोको आईपिओ बाँडफाँड मिति तय

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 25, 2023 | 02:49:07 PM मा प्रकाशित

laxmi  sunrise bank

मेन्छियाम हाइड्रोपावर लिमिटेडले निष्काशन गरेको आईपिओमा बुधबार बाँडफांड हुने भएको छ । बिक्री प्रबन्धक एनआईसी एसिया क्यापिटलले बुधबार बिहान १०:३० बजे लैनचौर ब्यान्क्वेटमा शेयर बाँडफांड गर्न लागेको हो 

कम्पनीले वैशाख ४ देखि वैशाख ७ गतेसम्म  सर्बसाधारणलाई आईपिओ बिक्री खुला गरेको थियो। कम्पनीले कम्पनीका कर्मचारीलाई २२ हजार ४ सय ३९ कित्ता, सामुहिक लगानी कोष योजनाहरुलाई ५६ हजार ९९ कित्ता सुरक्षित गरि सर्बसाधारणलाई ९ लाख ३४ हजार ९ सय १५ कित्ता शेयर निष्काशन गरेको थियो। 

कम्पनीले यस अघि अनि आयोजना प्रभावित स्थानीय र श्रम स्वीकृति लिई विदेशमा कार्यरत नेपाली श्रमिकको लागि आईपिओ निष्काशन गरि बाँडफाँड गरिसकेको छ । 

कम्पनीले सङ्खुवासभाको पिलुवाखोलामा चार दशमलव ७२ मेगावाटको अपर पिलुवाखोला २ जलविद्युत आयोजना निर्माण सम्पन्न गरि विद्युत उत्पादन थालिसकेको छ । कम्पनीले पिलुवाखोलामा नै ७.७ मेगावाटको अपर पिलुआ १ आयोजना निर्माण गर्नको लागि उत्पादन अनुमति पत्र पेश गरेको छ ।  । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved