सर्वसाधारणलाई ईङवा हाइड्रोको आईपिओ आजदेखि बिक्री खुला

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 26, 2023 | 08:17:17 AM मा प्रकाशित

laxmi  sunrise bank

ईङवा हाइड्रोपावर लिमिटेडले आज वैशाख १३ गतेदेखि सर्बसाधारणलाई आईपिओ बिक्री खुला गरेको छ। कम्पनीले कम्पनीका कर्मचारीलाई २९ हजार ८ सय ६३ कित्ता, सामुहिक लगानी कोष योजनाहरुलाई ७४ हजार ६ सय ५८ कित्ता सुरक्षित गरि सर्बसाधारणलाई १२ लाख ६८ हजार ६ सय ३९ कित्ता शेयर निष्काशन गरेको हो 

सर्बसाधारणले आईपिओमा वैशाख १७ गतेसम्म आवेदन दिन सक्ने छन् । यस निष्काशनमा न्युनतम १० कित्ता र अधिकतम २० हजार कित्ताको लागि आवेदन दिन सकिने छ । शेयर निष्काशनको लागि नेपाल एसबिआई मर्चेन्ट बैंकिंङ बिक्रि प्रबन्धक रहेको छ 

कम्पनीले यस अघि अनि आयोजना प्रभावित स्थानीय र श्रम स्वीकृति लिई विदेशमा कार्यरत नेपाली श्रमिकको लागि आईपिओ निष्काशन गरि बाँडफाँड गरिसकेको छ ।  

ईङवा हाइड्रोपावरले ताप्लेजुङ्ग जिल्लामा ९.७ मे.वा. जलविद्युत आयोजना निर्माण गरिरहेको छ । आयोजनाले २०८० साल जेठ १६ गते बाट  व्यापारिक उत्पादन सुरु गर्ने लक्ष्य राखेको छ । 

यस कम्पनीमा अपि पावरको १५ लाख कित्ता, अरुण काबेलीको ३ लाख कित्ता, गुरु प्रसाद न्यौपानेको ४ लाख ६९ हजार कित्ता शेयर लगानी रहेको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved