मेन्छियाम हाइड्रोको आईपिओ बाँडफाँड, ४ जनाले पाए ११ कित्ता शेयर

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 26, 2023 | 11:00:45 AM मा प्रकाशित

laxmi  sunrise bank

मेन्छियाम हाइड्रोपावर लिमिटेडले निष्काशन गरेको आईपिओ बाँडफांड भएको छ । बिक्री प्रबन्धक एनआईसी एसिया क्यापिटलले आज बुधबार बिहान शेयर बाँडफांड गरेको हो 

क्यापिटलका अनुसार आईपिओमा कुल १२ लाख ४४ हजार ३ सय ८५ जनाको आवेदन परेको थियो । जस मध्ये ११ लाख ७४ हजार २ सय २८ जना मात्र शेयर पाउन योग्य रहेको क्यापिटलले जनाएको छ । 

माग भन्दा बढीको आवेदन परेकोले योग्य रहेका आवेदकलाई गोलाप्रथामा समावेश गराएर गोलाप्रथा मार्फत शेयर बाँडफाँड भएको छ । जस अनुसार गोलाप्रथा मार्फत कुल ९५ हजार ४ सय ११ जनाले शेयर पाएका छन् । यी मध्ये ४ जनाले ११ कित्ता शेयर पाएका छन् भने बाँकिले १० कित्ता शेयर पाएका छन् ।  कम्पनीले वैशाख ४ देखि वैशाख ७ गतेसम्म  सर्बसाधारणलाई आईपिओ बिक्री खुला गरेको थियो।  कम्पनीले यस अघि अनि आयोजना प्रभावित स्थानीय र श्रम स्वीकृति लिई विदेशमा कार्यरत नेपाली श्रमिकको लागि आईपिओ निष्काशन गरि बाँडफाँड गरिसकेको छ । 

कम्पनीको आईपिओको नतिजा केहि समयपछि प्रकाशन गरेको छ ।  प्रकाशन भएपछि आईपिओको नतिजा विभिन्न ३ तरिकाबाट हेर्न सकिने छ।  जस अनुसार बिक्रि प्रबन्धक एनआईसी क्यापिटलको वेबसाइट https://nicasiacapital.com/, सिडीएससीको मेरोशेयरको  वेबसाइट meroshare.cdsc.com.np/#/login, सिडीएसले आईपिओको लागि संचालन गरेको वेबसाइट iporesult.cdsc.com.np/ बाट  हेर्न सकिने छ । मेरोशेयरको वेबसाइटबाट आफुले आईपिओमा आवेदन गर्दाको एप्लिकेसन रिपोर्टमा गएर तथा अन्यको हकमा आफ्नो डिम्याट नम्बर हालेर नतिजा हेर्न सकिने छ । 

कम्पनीले सङ्खुवासभाको पिलुवाखोलामा चार दशमलव ७२ मेगावाटको अपर पिलुवाखोला २ जलविद्युत आयोजना निर्माण सम्पन्न गरि विद्युत उत्पादन थालिसकेको छ । कम्पनीले पिलुवाखोलामा नै ७.७ मेगावाटको अपर पिलुआ १ आयोजना निर्माण गर्नको लागि उत्पादन अनुमति पत्र पेश गरेको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved