हिमालयन उर्जा विकास कम्पनीको साधारणसभा आह्वान, यस्ता छन् १० प्रस्ताव

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 30, 2023 | 10:17:16 AM मा प्रकाशित

laxmi  sunrise bank

हिमालयन उर्जा विकास कम्पनीले साधारणसभा आह्वान गरेको छ । कम्पनीले जेठ ९ गते थापागाउँ स्थित अर्पण ब्याक्वेटमा सभा आह्वान गरेको हो ।

कम्पनीको साधारणसभामा हकप्रद निष्काशन सहितका विविध प्रस्ताव पेश हुने छन् । कम्पनीले १:१ को अनुपातमा हकप्रद निष्काशन गर्ने तयारी गरेको छ ।  कम्पनीलेलाभांश प्रस्ताव गरेको छैन । 

यस्ता छन् कम्पनीको साधारणसभामा पेश हुने प्रस्तावहरु: 

 सामान्य प्रस्तवाहरुः
१. सञ्चालक समितिको तर्फबाट अध्यक्ष ज्यूद्वारा आर्थिक वर्ष आ.व. २०७८ / ०७९ को वार्षिक प्रतिवेदन प्रस्तुत, छलफल तथा स्वीकृत गर्ने सम्बन्धमा ।

२. लेखापरिक्षकको प्रतिवेदन सहितको आ.व २०७८/०७९ को वासलात, नाफा नोक्सान हिसाव र नगद प्रवाह लगायतका वित्तिय विवरणहरु छलफल तथा स्वीकृत गर्ने सम्बन्धमा ।

३. कम्पनी ऐन २०६३ को दफा १११ अनुसार आ.व. २०७९/०८० को लेखा परिक्षण गर्नको लागि लेखा परिक्षक नियुक्ति गर्ने र निजको पारिश्रमीक निर्धारण गर्ने सम्बन्धमा ।

विशेष प्रस्तावहरुः

१.श्री सुमन शर्मा चौलागाईंलाई बाँकी कार्यकालको लागी सर्वसाधारण तर्फको सञ्चालक पदमा नियुक्त गरिएकोले सोको अनुमोदन गर्ने सम्बन्धमा ।

२. सञ्चालक समितिको गठन र संख्या सम्बन्धमा ।

३. कम्पनीको अधिकृत पुँजी बृद्धि गरी रु. २,५०,००,००,००० (अक्षरेपी दुई अर्व पचास करोड रुपैयाँ मात्र) पुऱ्याउने सम्बन्धमा |

४. कम्पनीको जारी पुँजी बृद्धि गरी रु. २,५०,००,००,००० (अक्षरेपी दुई अर्व पचास करोड रुपैयाँ मात्र )पुऱ्याउने सम्बन्धमा |

५. कम्पनीले हाल कायम चुक्ता पुँजीको १:१ को अनुपातमा हकप्रद शेयर निश्कासन गर्ने सम्बन्धमा ।

६. हकप्रद शेयर निश्कासन पछि प्राप्त हुने पुँजी व्यवस्थापन सम्बन्धमा ।

७. कम्पनीको लागी आवश्यक नपर्ने चल अचल सम्पत्ती जग्गा जमानी विक्री गर्ने अख्तीयारी दिने सम्बन्धमा। 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved