कमोडिटी एक्सचेन्जको आवेदन मुल्यांकनको लागि धितोपत्र बोर्डले बनायो समिति

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 01, 2023 | 07:14:09 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल धितोपत्र बोर्डले कमोडिटी एक्सचेन्जको लागि प्राप्त आवेदनहरुको मुल्यांकन प्रयोजनको लागि मुल्यांकन समिति गठन गरेको छ । आज बिहान बसेको बोर्डको संचालक समितिको बैठकले समिति गठन गरेको हो ।

मुल्यांकन समितिको संयोजकमा बोर्डमा कानुन मन्त्रालयबाट प्रतिनिधित्व गर्ने फडिन्द्र गौतम रहेका छन् । रितेश शाक्य र मुकुन्द कुमार क्षेत्री पनि मुल्यांकन समितिमा छन् । रितेश श्रेष्ठ अर्थ मन्त्रालयबाट बोर्डमा संचालक छन् भने मुकुन्द श्रेष्ठ राष्ट्र बैंकबाट बोर्डमा संचालक हुन् । त्यस्तै मुल्यांकन समितिमा बोर्डका कार्यकारी निर्देशक मुक्तिनाथ श्रेष्ठ र उप कार्यकारी निर्देशक दीपा दाहाल रहेका छन् ।

वस्तु विनिमय बजार सञ्चालन गर्न अनुमतिपत्र प्रदान गर्ने नीतिगत एवं प्रकृयागत व्यवस्था सम्बन्धी निर्देशिका, २०७८ को व्यवस्था वमोजिम मुल्यांकन समिति गठन भएको हो । कमोडिटी एक्सच्नेजको लागि ४ वटा आवेदन परेका छन् । यी मध्ये २ वटाले मात्र लाईसेन्स पाउने छन् ।

कमोडिटी एक्सचेन्जको लागि मल्टी डेरीभेटिभ एक्सचेन्ज लिमिटेड, मल्टी एसेट्स एण्ड डेरीभेटिभ एक्सचेन्ज लिमिटेड, हिमालयन कमोडिटी एण्ड डेरीभेटिभ एक्सचेन्ज , र नेपाल मल्टी कमोडिटिज एक्सचेन्ज लिमिटेडले आवेदन दिएका छन् ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved