सर्वसाधारणलाई मोदी इनर्जीको आईपिओ आजदेखि बिक्री खुला

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 02, 2023 | 08:12:00 AM मा प्रकाशित

laxmi  sunrise bank

मोदी इनर्जी लिमिटेडले आज वैशाख १९ गतेदेखि सर्बसाधारणलाई आईपिओ बिक्री खुला गरेको छ। कम्पनीले कम्पनीका कर्मचारीलाई १ लाख २८ हजार ९ सय १० कित्ता, र सामुहिक लगानी कोष योजनाहरुलाई ३ लाख २२ हजार २  सय ८० कित्ता सुरक्षित गरि सर्बसाधारणलाई ५९ लाख ५९ हजार ४  सय २० कित्ता शेयर निष्काशन गरेको हो 

सर्बसाधारणले आईपिओमा वैशाख २४ गतेसम्म आवेदन दिन सक्ने छन् । यस निष्काशनमा न्युनतम १० कित्ता र अधिकतम १ लाख कित्ताको लागि आवेदन दिन सकिने छ । शेयर निष्काशनको लागि सनराइज बिक्रि प्रबन्धक रहेको छ 

कम्पनीले यस अघि अनि आयोजना प्रभावित स्थानीय र श्रम स्वीकृति लिई विदेशमा कार्यरत नेपाली श्रमिकको लागि आईपिओ निष्काशन गरि बाँडफाँड गरिसकेको छ ।  

कम्पनीले पर्वतमा २० मेगावाटको तल्लो मोदीखोला जलविद्युत आयोजना निर्माण सम्पन्न गरि विद्युत उत्पादन गरिरहेको छ । यस कम्पनीमा हाइड्रो सोलुसन ग्रुप, केएल दुगर ग्रुप, मुरारका ग्रुप्, शंकर ग्रुप र देबेन्द्र ग्रुपको लगानी छ ।  

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved