माई खोला हाइड्रोको आईपिओ आज बाँडफाँड हुँदै

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 02, 2023 | 08:18:00 AM मा प्रकाशित

laxmi  sunrise bank

माई खोला हाइड्रोपावर लिमिटेडले निष्काशन गरेको आईपिओ आज मंगलबार बाँडफाँड हुदै छ । बिक्री प्रबन्धक प्रभु क्यापिटलले आज वैशाख १९ गते मंगलबार बिहान ९:३० बजे शेयर बाँडफाँड गर्न लागेको हो ।

कम्पनीले वैशाख ८ देखि वैशाख १२ गतेसम्म सर्वसाधारणलाई आईपिओ बिक्री खुला गरेको थियो । कम्पनीले ७६ हजार ४ सय ७१ कित्ता समुहिक लगानी कोषहरुलाई ३० हजार ५ सय ८८ कित्ता कम्पनीका कर्मचारीलाई छुट्याएर सर्वसाधारणलाई १२ लाख ६९ हजार ४ सय ११ कित्ता शेयर निष्काशन गरेको थियो ।  कम्पनीले यस अघि नै आयोजना प्रभावित स्थानीय र श्रम स्वीकृति लिई विदेशमा कार्यरत नेपाली श्रमिकलाई शेयर निष्काशन गरि बाँडफाँड गरिसकेको छ ।

कम्पनीले इलाममा ३ मेगावाटको सुपरमाई क्यास्केट जलविद्युत आयोजना निर्माण सम्पन्न गरि २०७७ असार ३१ गतेदेखि व्यापारिक उत्पादन गरिरहेको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved