आजदेखि प्रिमियममा घोराही सिमेन्टको आइपिओ बिक्री खुला, क-कसले दिन पाउँछन् आवेदन ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 02, 2023 | 08:21:28 AM मा प्रकाशित

laxmi  sunrise bank

घोराही सिमेन्ट इण्डष्ट्री लिमिटेडले आज वैशाख १९ गतेदेखि पहिलो चरणको आईपिओ बिक्री खुला गरेको छ।  कम्पनीले आज वैशाख १९ गतेदेखि आयोजना प्रभावित स्थानीय र श्रम स्वीकृति लिई विदेशमा रहेका नेपाली नागरिकको लागि आईपिओ निष्काशन गर्न लागेको हो ।

कम्पनीले दाङ र रोल्पाका जिल्लाका स्थानीयलाई ३ लाख ९७ हजार १ सय ९० कित्ता निष्काशन गरेको हो  । यस निष्काशनमा दाङ जिल्लाको घोराही उपमहानगरपालिकाको वडा नम्बर १,२,३,४,१४,१५,१७,१८,र १९ , बंगलाचुली गाउपालिकाको वडा नम्बर ३ र ४, र रोल्पाको त्रिवेणी गाउपालिकाको वडा नम्बर ३ र ४ का स्थानीयले आवेदन दिन सक्ने छन्  ।

स्थानीयलाई अंकित मूल्य १०० रुपैयामा ३०० रुपैयाँ प्रिमियम थपेर प्रति कित्ता ४०० रुपैयाँमा शेयर निष्काशन गर्न लागिएको हो  । स्थानीयले आवेदन दिंदा न्युनतम १० कित्ता अधिकतम १ लाख कित्ताको लागि आवेदन दिन सक्ने छन्  । स्थानीयले छिटोमा जेठ २ गतेसम्म र सो अवधिसम्म पूर्ण आवेदन नपरेमा ढिलोमा जेठ १७ गतेसम्म आवेदन दिन सकिने छ  ।

त्यस्तै कम्पनीले  श्रम स्वीकृति लिई विदेशमा रहेका नेपाली नागरिकलाई ७ लाख ५४ हजार ६ सय ६१ कित्ता शेयर निष्काशन हुने छ । नेपाली श्रमिकलाई अंकित मूल्य १०० रुपैयामा ३३५ रुपैयाँ प्रिमियम थपेर प्रति कित्ता ४३५ रुपैयाँमा शेयर निष्काशन गर्न लागिएको हो  । श्रमिकले पुरै कित्ताको लागि आवेदन दिन सक्ने छन् ।  उनीहरुले जेठ २ गतेसम्म मात्र आवेदन दिन सकिने छ । शेयर निष्काशनको लागि हिमालयन क्यापिटल र नबिल इन्भेष्टमेन्ट बिक्रि प्रबन्धक रहेको छ । 

स्थानीय र श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहेकालाई शेयर निष्काशन गरि बाँडफाँड गरेपछि कम्पनीले सर्बसाधारणलाई शेयर निष्काशन गर्ने छ ।

घोराही सिमेन्ट इन्डस्ट्रि पश्चिम नेपालको सवै भन्दा ठुलो सिमेन्ट उद्योग हो। बिसं २०६४ सालमा दर्ता भई वि.सं २०६९ साल देखि आफ्नै चुनढुंगा खानी मार्फत क्लिंकर उत्पादन गरि व्यवसायिक उत्पादन सुरु गरेको घोराही सिमेन्ट इन्डस्ट्रि लिमिटेड हाल दाङ जिल्लामा रहेको सिमेन्ट तथा क्लिंकर उद्योगबाट नवीनतम प्रबिधि प्रयोग गरि सिमेन्ट तथा क्लिंकर उत्पादन गरिरहेको छ ।

 त्रिवेणी र बिशाल समूह बाट संयुक्त रुपमा प्रबर्धित घोराही सिमेन्ट इन्डस्ट्रि लिमिटेड, क्लिंकर उत्पादन क्षमता र सिमेन्ट उत्पादन क्षमताको आधारमा नेपालको प्रमुख दोश्रो उद्योग मध्ये पर्दछ। हाल कम्पनीले नेपालमा प्रसिद्ध सगरमाथा ब्रान्ड अन्तर्गत क्लिंकर तथा ओपिसी र पिपिसी सिमेन्टको उत्पादन तथा बिक्रि वितरण गरिरहेको छ । 

यस सँगै घोराही सिमेन्ट आईपिओ निष्काशन गर्ने दोस्रो सिमेन्ट कम्पनी हुने छ । हाल शिवम सिमेन्ट मात्र आईपिओ निष्काशन गरेर नेप्सेमा सुचिकृत छ । शिवमले सर्वसाधारणलाई प्रति कित्ता ३ सयमा आईपिओ निष्काशन गरेको थियो । घोराहीको मूल्य सो भन्दा बढी हो । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved