माई खोला हाइड्रोको आईपिओ बाँडफाँड, १ जनाले पाए ११ कित्ता शेयर

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 02, 2023 | 09:58:25 AM मा प्रकाशित

laxmi  sunrise bank

माई खोला हाइड्रोपावर लिमिटेडले निष्काशन गरेको आईपिओ बाँडफाँड भएको छ । बिक्री प्रबन्धक प्रभु क्यापिटलले आज वैशाख १९ गते मंगलबार बिहान शेयर बाँडफाँड गरेको हो ।

क्यापिटलका अनुसार आईपिओमा कुल १३ लाख ६३ हजार २ सय ६६ जनाको आवेदन परेको थियो । तर ति मध्ये १२ लाख ६७ हजार २ सय ८५ जना मात्र शेयर पाउन योग्य रहेका छन् । माग भन्दा बढीको आवेदन परेकोले गोलाप्रथाबाट शेयर बाँडफाँड गरिएको छ । जस अनुसार कुल १ लाख २६ हजार ९ सय ४१ जनाले शेयर पाएका छन् । यी मध्ये १ जनाले ११ कित्ता शेयर पाएका छन् भने बाँकि १ लाख २६ हजार ९ सय ४० जनाले १० कित्ता शेयर पाएका छन् । 

आईपिओको नतिजा केहि समयपछि प्रकाशन हुने छ ।  प्रकाशन भएपछि विभिन्न ३ तरिकाबाट आईपिओ नतिजा हेर्न सकिने छ । जस अनुसार बिक्रि प्रबन्धक प्रभु क्यापिटलको वेबसाइट https://www.prabhucapital.com/, सिडीएससीको मेरोशेयरको वेबसाइट meroshare.cdsc.com.np/#/login, सिडीएसले आईपिओको लागि संचालन गरेको वेबसाइट iporesult.cdsc.com.np/ बाट  हेर्न सकिने छ । मेरोशेयरको वेबसाइटबाट आफुले आईपिओमा आवेदन गर्दाको एप्लिकेसन रिपोर्टमा गएर तथा अन्यको हकमा आफ्नो डिम्याट नम्बर हालेर नतिजा हेर्न सकिने छ ।  

कम्पनीले वैशाख ८ देखि वैशाख १२ गतेसम्म सर्वसाधारणलाई आईपिओ बिक्री खुला गरेको थियो । कम्पनीले ७६ हजार ४ सय ७१ कित्ता समुहिक लगानी कोषहरुलाई ३० हजार ५ सय ८८ कित्ता कम्पनीका कर्मचारीलाई छुट्याएर सर्वसाधारणलाई १२ लाख ६९ हजार ४ सय ११ कित्ता शेयर निष्काशन गरेको थियो ।  कम्पनीले यस अघि नै आयोजना प्रभावित स्थानीय र श्रम स्वीकृति लिई विदेशमा कार्यरत नेपाली श्रमिकलाई शेयर निष्काशन गरि बाँडफाँड गरिसकेको छ ।

कम्पनीले इलाममा ३ मेगावाटको सुपरमाई क्यास्केट जलविद्युत आयोजना निर्माण सम्पन्न गरि २०७७ असार ३१ गतेदेखि व्यापारिक उत्पादन गरिरहेको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved