वैशाख २७ भित्र सबै ब्रोकरलाई एलओआई दिने धितोपत्र बोर्डको तयारी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 02, 2023 | 03:26:14 PM मा प्रकाशित

laxmi  sunrise bank

वैशाख २७ गते भित्र मापदण्ड पुरा गरेका सबै ब्रोकरले आशयपत्र (एलओआई) पाउने भएका छन्। आवेदनको सङ्ख्या धेरै भएकाले पहिलो चरणमा १६ वटाले मात्रै आशयपत्र पाएकोले मापदण्ड पुरा गरेका सबैले कम्पनीले  वैशाख २७ भित्र  आशयपत्र पाउने नेपाल धितोपत्र बोर्डले जनाएको छ। 

पहिलो चरणमा १६ वटाले मात्रै आशयपत्र (एलओआई) पाएपनि भोलिसम्म थप ९ ले र वैशाख २७ गतेसम्म मापदण्ड पुरा गरेका सबैले आशयपत्र पाउने बोर्ड अध्यक्ष रमेश हमालले बताए । वैशाख २७ गते भित्र मापदण्ड पुरा गरेका सबै ब्रोकरलाई आशयपत्र दिनुपर्ने कानुनी व्यवस्था भएकाले पनि मापदण्ड पुरा गरेका थप ब्रोकरले आशयपत्र पाउने कुरामा शंका नगर्न उनले आग्रह गरे। 

अदालतले यहि चैत २६ गते बाटो खोलिदिएपछिको मितिलाई आधार मान्दा धितोपत्र बोर्डमाथि मापदण्ड पुरा गरेकालाई बैशाख २७ गते भित्र आशयपत्र (एलओआई) दिनुपर्ने कानुनी वाध्यता रहेको छ। 

वैशाख १८ गते ५ घण्टा भन्दा बढी समय बसेको नेपाल धितोपत्र बोर्डको संचालक समितिको बैठकले विभिन्न १६ ब्रोकर कम्पनीलाई आशयपत्र दिने निर्णय गरेको थियो । आशयपत्र पाउनेमा स्टक डिलरको रुपमा आवेदन दिएको नबिल सेक्युरिटिज र पूर्ण कार्य गर्ने धितोपत्र दलालको लागि आवेदन दिएको मेघा स्टक मार्केट रहेको छ । बाँकि १४ वटा भने सिमित कार्य गर्ने ब्रोकर कम्पनी रहेका छन् ।

ब्रोकर लाईसेन्सको लागि ४५ वटा कम्पनीले आवेदन दिएका छन्। आशयपत्र पाएको ६ महिनाभित्र बोर्डले तोके बमोजिमको आवश्यक पूर्वाधार तयार पार्नु पर्छ । त्यसपछि बोर्डले पूर्वाधार निरीक्षण गरेर यी कम्पनीलाई व्यवसाय संचालनको लागि अनुमति दिने नेपाल धितोपत्र बोर्डका प्रवक्ता मुक्तिनाथ श्रेष्ठले बताए। 

यी हुन् आवेदन दिएका ४५ कम्पनी 

हेर्नुस् ४५ कम्पनी र तिनको प्रस्तावित पुँजी : 

१.भोले गणेश सेक्युरिटिज लि 

२.क्यापिटल म्याक्स सेक्युरिटिज प्रा.लि. 

३.कलश सेक्युरिटिज प्रा.लि 

४. हिमालयन ब्रोकरेज कम्पनी 

५. एन.एम.बी सेक्युरिटिज लि 

६. के.बि.एल.सेक्युरिटिज लि. 

७. प्रोपर्टी विजार्ड लि. 

८. शेयरप्रो सेक्युरिटिज प्रा.लि.  

९. माछापुच्छ«े सेक्युरिटिज लि.  

१०. एनआईसी एशिया सेक्युरिटिज लि.  

११. सन सेक्युरिटिज प्रा.लि.  

१२. पाहि ईन्भेष्टमेन्ट प्रा.लि.  

१३. मियो सेक्युरिटिज प्रा.लि.   

१४. मेगा स्टक मार्केट्स लि.  

१५. एलिट स्टक हाउस लि.  

१६. ईन्फिनिटी सेक्युरिटिज लि.  

१७. ईन्डेक्स सेक्युरिटिज लि.  

१८. जे.बि.एन.एल.सेक्युरिटिज लि.  

१९. प्रभु स्टक मार्केट क्यापिटल लि.  

२०. आर.बी.बि.सेक्युरिटिज कं.लि.  

२१. एस.पि.एस.ए.सेक्युरिटिज लि.  

२२. नबिल सेक्युरिटिज लि. 

२३. शुभकामना सेक्युरिटिज प्रा.लि.  

२४. ट्रेडमो सेक्युरिटिज प्रा.लि. 

२५. सानिमा सेक्युरिटिज लिमिटेड 

२६. आकाशभैरव सेक्युरिटिज लिमिटेड  

२७. हिमालयन सेक्युरिटिज लि.  

२८. क्यापिटल हब प्रा.लि. 

२९. गरिमा सेक्युरिटज लि. 

३०. स्टक्स्कार्टस् सेक्युरिटिज लिमिटेड 

३१. हातेमालो फाईनान्सियल सर्भिसेज प्रा.लि.  

३२. सि.बि.आई.एल.सेक्युरिटिज लि.  

३३. ईगल स्टक ईक्युटी प्रा.लि.  

३४. सनराईज सेक्युरिटिज लि.  

३५. इन्दिरा सेक्युरिटिज प्रा.लि.  

३६. सजिलो ब्रोकर लि.  

३७. मिल्की वे सेयर ब्रोकर कं.लि.  

३८. ब्लुचिप सेक्युरिटिज लि. 

३९. बेनी सेक्युरिटिज प्रा.लि.  

४०. रोडसो सेक्युरिटिज लि.  

४१. सिजी ईन्भेष्टमेन्ट से.लि. 

४२. म्याग्नेट सेक्युरिटिज एण्ड ईन्भेष्टमेन्ट कं.प्रा.लि.  

४३. मनि वल्र्ड शेयर एक्सचेन्ज प्रा.लि.  

४४. सेन्चुरी सेक्युरिटिज लि.  

४५. एप्पल सेक्युरिटिज लि.  


यी हुन् आशयपत्र पाईसकेका १६ कम्पनी 

१. नबिल सेक्युरिटिज - धितोपत्र ब्यापारी 

२. मेघा स्टक मार्केट - पूर्ण कार्य गर्ने धितोपत्र दलाल

३. हिमालयन ब्रोकेज कम्पनी - सिमित कार्य गर्ने धितोपत्र दलाल

४. सीबिआईएल सेक्युरिटिज - सिमित कार्य गर्ने धितोपत्र दलाल

५. केबीएल सेक्युरिटिज - सिमित कार्य गर्ने धितोपत्र दलाल

६. एनएमबि सेक्युरिटिज - सिमित कार्य गर्ने धितोपत्र दलाल

७. आरविवि सेक्युरिटिज - सिमित कार्य गर्ने धितोपत्र दलाल

८. सानिमा सेक्युरिटिज - सिमित कार्य गर्ने धितोपत्र दलाल

९. इन्डेक्स सेक्युरिटिज - सिमित कार्य गर्ने धितोपत्र दलाल

१०. सन् सेक्युरिटिज - सिमित कार्य गर्ने धितोपत्र दलाल

११. क्यापिटल म्याक्स सेक्युरिटिज - सिमित कार्य गर्ने धितोपत्र दलाल

१२. भोले गणेश सेक्युरिटिज - सिमित कार्य गर्ने धितोपत्र दलाल

१३. इन्फिनिटी सेक्युरिटिज - सिमित कार्य गर्ने धितोपत्र दलाल

१४. आकाश भैरव सेक्युरिटिज - सिमित कार्य गर्ने धितोपत्र दलाल

१५. एलिट स्टक हाउस - सिमित कार्य गर्ने धितोपत्र दलाल

१६. एसपीएसएस सेक्युरिटिज - सिमित कार्य गर्ने धितोपत्र दलाल

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved