नेपाल रिपब्लिक मिडियाको आईपिओ निष्काशन मिति तय

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 04, 2023 | 09:53:46 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल रिपब्लिक मिडिया लिमिटेडले आईपिओ निष्काशन मिति तय गरेको छ । कम्पनीले श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकको लागि वैशाख ३१ गतेदेखि र आम सर्वसाधारणलाई जेठ २६ गतेदेखि आईपिओ निष्काशन गर्ने भएको हो ।

कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीलाई ४ लाख ३५ हजार ३ सय कित्ता शेयर निष्काशन गर्न लागेको हो । त्यस्तै कम्पनीका कर्मचारीलाई १ लाख ७४ हजार १ सय २० कित्ता शेयर, सामुहिक लगानी कोष योजनाहरुलाई २ लाख १७ हजार ६ सय ५० कित्ता र आम सर्वसाधारणलाई ३५ लाख २५ हजार ९ सय ३० कित्ता शेयर निष्काशन गर्न लागेको हो ।

वैदेशिक रोजगारीमा रहेका नेपालीले जेठ १४ गतेसम्म आवेदन दिन सक्ने छन् । उनीहरुले आवेदन दिंदा न्युनतम १० कित्ता र अधिकतम ५०० कित्ताको लागि आवेदन दिन सक्ने छन् । त्यस्तै सर्वसाधारणले आवेदन दिंदा छिटोमा जेठ ३० गतेसम्म र सो अवधिसम्म पूर्ण आवेदन नपरेमा ढिलोमा असार ८ गतेसम्म आवेदन दिन सक्ने छन् । सर्वसाधारणले आवेदन दिंदा न्युनतम १० कित्ता र अधिकतम ५ सय कित्ताको लागि आवेदन दिन सक्ने छन् ।

नेपाल धितोपत्र बोर्डले कम्पनीलाई वैशाख ११ गते आईपिओ निष्काशनको लागि अनुमति प्रदान गरेको हो ।  कम्पनीले कार्तिक २ गते शेयर निष्काशनको अनुमति माग गर्दै बोर्डमा आवेदन दिएको थियो ।

बोर्डबाट अनुमति पाएसंगै  कम्पनीले प्रति शेयर १०० रुपैयाँको दरले ४३ करोड ५३ लाख बराबरको ४३ लाख ५३ हजार कित्ता बराबरको शेयर निष्काशन गर्न लागेको हो । कम्पनीले आफ्नो जारी पुंजीको ४४.९९ प्रतिशत शेयर सर्वसाधारणलाई निष्काशन गर्न लागेको हो ।

शेयर निष्काशनको लागि मेगा क्यापिटल बिक्रि प्रबन्धक रहेको छ । नेपाल रिपब्लिक मिडियाले नागरिक राष्ट्रिय दैनिक र रिपाब्लिका पत्रिका प्रकाशन गर्दै आएको छ।

पछिल्लो समय मिडियाहरु पनि शेयर निष्काशन गर्न तयारी गरिरहेका छन् । कान्तिपुर मिडिया र जनता टेलिभिजनले पनि आईपिओ निष्काशन गर्ने तयारी गरिरहेका छन् ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved