
आज साँझ ५ बजेदेखि सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेड (सिडिएससि)को सेवा अवरुद्ध हुने भएको छ । सिडिएससिले सूचना जारी गर्दै आज सांझा ५ बजेदेखि अधिकतम १ दिनको लागि सेवा अवरुद्द हुने जनाएको हो ।
सिंहदरवार स्थित राष्ट्रिय सूचना प्रविधि केन्द्र द्वारा सञ्चालित डाटा सेन्टरमा स्थापना गरेको प्राइमरी डाटा सेन्टरमा र्याक स्थानान्तरण (Rack Relocation ), सर्भर माइग्रेसन लगायतका कार्यहरू गर्नुपर्ने भएकोले सेवा अवरुद्द हुने भएको हो । सिडिएससिका अनुसार आज २०८०।०१।२१ गते साँझ ५.०० बजे देखि अधिकतम एक दिन सम्म सिडिएससिले सञ्चालन गरेका सम्पूर्ण सेवाहरू अवरुद्ध हुने छ।