
नेपाल स्टक एक्सचेन्ज नेप्सेमा मकर जितुमाया सुरी हाइड्रोको शेयर सुचिकृत भएको हो । आज बिहिबार कम्पनीको ७६ लाख कित्ता शेयर सुचिकृत भएको हो ।
शेयर सुचिकृत भएसंगै आगामी आइतबारबाट कम्पनीको शेयर कारोबार सुरु हुने छ । आइतबारको स्पेसल प्रि ओपन सेसनमा पहिलो कारोबार भई मूल्य तय भएपछि नियमित सत्रमा कम्पनीको शेयर कारोबार हुने छ । कम्पनीको MAKAR सिम्बलबाट कारोबार हुने छ ।
नेप्सेले कम्पनीको पहिलो कारोबारको लागि ९२.७१ रुपैयाँ देखि २७८.१३ रुपैयाँ सम्मको रेन्ज तोकिएको छ । यस रेन्ज बीचको जुनसुकै मूल्यबाट कम्पनीको पहिलो कारोबार हुनसक्ने छ। नेप्सेले कम्पनीको पहिलो कारोबारको लागि कम्पनीको नेटवर्थको ३ गुणासम्मको मूल्य तोक्ने गरेको छ ।