रावा इनर्जीको आईपिओमा आवेदन दिने आज अन्तिम दिन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 05, 2023 | 07:30:49 AM मा प्रकाशित

laxmi  sunrise bank

रावा इनर्जी डेभलपमेन्ट लिमिटेडले सर्वसाधारणलाई निष्काशन गरेको आईपिओमा आवेदन दिने आज जेठ २२ गते अन्तिम दिन रहेको छ । कम्पनीले जेठ १८ गतेदेखि सर्वसाधारणलाई आईपिओ बिक्री खुला गरेको हो ।

कम्पनीले सर्वसाधारणलाई  ६ लाख ९६ हजार ३ सय ३० कित्ता शेयर निष्काशन गरेको छ। जस मध्ये कम्पनीका कर्मचारीलाई १५ हजार ४७ कित्ता, र सामुहिक लगानी कोष योजनाहरुलाई ३७ हजार ६ सय १६ कित्ता शेयर छुट्याईएको छ  । बाँकि रहेको ६ लाख ४३ हजार ६ सय ६७ कित्ता शेयरको लागि सर्वसाधारणले आवेदन दिन सक्ने छन्  । इच्छुक आवेदकले न्यूनतम १० कित्ता शेयरका  लागि आवेदन दिनसक्नेछन् भने अधिकतममा १० हजार कित्ताका सम्म आबेदन दिन सक्नेछन् ।  

मेरोशेयरका साथै नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण सि आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरुबाट आवेदन दिन सकिनेछ।  शेयर निष्काशनको लागि प्रभु क्यापिटल बिक्रि प्रबन्धक रहेको छ । 

 कम्पनीले खोटाङ्ग जिल्लाको केपिलासगढी गाउँपालिकामा अवस्थित रावा खोलामा  ३ मेगावाट क्षमताको आयोजना निर्माण  कार्य सम्पन्न गरि विद्युत उत्पादन गरिरहेको छ । त्यस्तै रावा खोलामा नै २.५ मेगावाटको अर्को आयोजना निर्माण गरिरहेको छ  । 

 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved