नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश हमालले २ महिना भित्र ब्रोकरको संख्या ९३ पुर्याउने घोषणा गरेका छन्। बोर्डको आज आयोजित ३१ औ वार्षिकोत्सव समारोहमा अध्यक्ष हमालले ओपन इन्ट्री एण्ड एक्जिटको आधारमा ब्रोकर लाईसेन्स दिन थालिएको बताउदै २ महिना भित्र ब्रोकरको संख्या ९३ पुग्ने बताएका हुन् ।
अध्यक्ष हमालले भेन्चर तथा एक्विटी क्यापिटलको पूर्ण इकोसिस्टम बनाउने योजना पुरा हुने अवस्थामा पुगेको जनाएका छन् । उनले गैर आवासीय नेपाली एनआरएनलाई बजारमा प्रवेश गराउनको लागि अध्ययन गर्न उच्च स्तरीय कमिटि बनिसकेको जानकारी दिएका छन् । त्यस्तै उनले जलविद्युत कम्पनीमा देखिएका समस्याबारे अध्ययन गर्न पनि कमिटि गठन भईसकेको बताएका छन् ।
त्यस्तै उनले सुशासन कायम गर्नको लागि बोर्डले गर्न सम्पूर्ण कार्यहरु पूर्ण डिजिटल बनाउने घोषणा पनि गरेका छन् ।