नबिल सेक्युरिटिजले एनबिबिएल सेक्युरिटिजलाई गाभ्यो, असार १ बाट एकिकृत कारोबार

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 09, 2023 | 08:34:51 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल धितोपत्र बोर्डबाट स्टक डिलरको लाईसेन्स पाएको नबिल सेक्युरिटिजले एनबिबिएल सेक्युरिटिजलाई गाभेर असार १ गतेदेखि एकिकृत कारोबार सुरु गर्ने भएको छ । नबिल सेक्युरिटिज लिमिटेडको नामबाट एकिकृत कारोबार सुरु हुन लागेको हो 

दुवै कम्पनीको जेठ १२ गते सम्पन्न विशेष साधारणसभाले मर्जर तथा प्राप्ति प्रस्ताव पारित गरेको थियो । कम्पनी रजिष्ट्रार कार्यालयबाट जेठ २२ गते मर्जर तथाप्राप्तिको लागि अन्तिम स्वीकृति प्राप्त भएकोले दुवै कम्पनीको जेठ २४ गते बसेको संचालक समितिको बैठकले आसार १ गतेबाट एकिकृत कारोबार सुरु गर्ने निर्णय गरेको हो 

बैंकको सहायक कम्पनीलाई ब्रोकर लाईसेन्स दिने चर्चा चलेपछि तत्कालिन नेपाल बंगलादेश बैंकको सहायक कम्पनीको रुपमा एनबिबिएल सेक्युरिटिज कम्पनी रजिष्ट्रारमा दर्ता भएको थियो । पछि नबिल बैंकले नेपाल बंगलादेश बैंकलाई गाभेपछि एनबिबिएल सेक्युरिटिजले ब्रोकर लाईसेन्सको लागि आवेदन दिएको थिएँन। नबिल सेक्युरिटिजले धितोपत्रबाट लाईसेन्स पाएपछि  एनबिबिएललाई गाभेको हो  । नबिलले १:१ को स्वापमा नै एनबिबिएललाई गाभेको हो।  

यस अघि स्टक डिलरको रुपमा नागरिक स्टक डिलर मात्र बजारमा रहेकोमा नबिल सेक्युरिटिज दोस्रो स्टक डिलर भएको छ । कम्पनीले नेपाल स्टक एक्सचेन्जनेप्सेबाट ब्रोकर आईडी पाएसंगै शेयर कारोबार सुरु गर्न सक्ने छ 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved