कुन मूल्यमा भयो सिटी होटेल लिमिटेडको पहिलो कारोबार ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 11, 2023 | 10:49:12 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा सिटी होटेल लिमिटेडको शेयर कारोबार सुरु भएको छ। आइतबारको स्पेसल प्रि ओपन सेसनमा कम्पनीको पहिलो कारोबार भई मूल्य तय भएको हो।

कम्पनीको पहिलो कारोबार १११.१ रुपैयाँमा भएको छ ।  नेप्सेले सिटी होटेलको पहिलो कारोबारको लागि ८७.८३ रुपैयाँ देखि  २६३.४९ रुपैयाँ सम्मको रेन्ज तोकेको थियो । यस रेन्जको बीचमा रहेको जुनसुकै मूल्यबाट पहिलो कारोबार सुरु हुन सक्ने व्यवस्था रहेकोमा १११.१ रुपैयाँबाट कम्पनीको कारोबार सुरु भएको हो। नेप्सेले कम्पनीको पहिलो कारोबारको लागि कम्पनीको नेटवर्थको ३ गुणासम्मको मूल्य तोक्ने गरेको छ । 

 बिहिबार कम्पनीको १ करोड ६७ लाख ४० हजार कित्ता शेयर सुचिकृत भएको थियो । कम्पनीको CITY सिम्बलबाट कारोबार भएको छ ।  

कम्पनीले वैशाख २५ गतेदेखि वैशाख २८ गतेसम्म सर्वसाधारणका लागि आईपीओ बिक्रि खुला गरेको थियो । कम्पनीको आईपीओमा ११ लाख ७ हजार २१६ आवेदकले कुल १ करोड २० लाख ७४ हजार ८ सय कित्ता सेयरका लागि आवेदन दिएका थिए । कम्पनीले सर्वसाधारणका लागि १३ लाख ५५ हजार ९ ४० कित्ता शेयर छुट्याएको थियो । १ लाख ३५ हजार ५९४ आवेदकले १० कित्ताको दरले कम्पनीको शेयर पाएका छन्।

कम्पनीले गत वर्षको कार्तिक १५ बाट काठमाडौँमा पाँच तारे होटल ‘ह्यात प्लेस’ सञ्चालनमा ल्याएको छ । उक्त होटलमा गोल्यान ग्रुप, कमलेश अग्रवाल, हरिशचन्द्र सुवेदी लगायतका देशका प्रख्यात उद्योगीहरुको लगानी छ । १५३ ओटा कोठा रहेको उक्त पाँच तारे होटलमा लाइभ म्यूजिक सहितको रेष्टुरेन्ट, ब्यांक्वेट हल, जिम, स्विमिङ्ग पुल र ४०० जना सम्मको क्षमता भएको कन्फरेन्स हल लगायतका सुविधाहरु रहेका छन्।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved