शेयरबजारमा ४० अंकको वृद्धि: ३४५ करोडको कारोबार, फाइनान्स समुहमा लगानीकर्ताको आकर्षण

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 11, 2023 | 03:22:48 PM मा प्रकाशित

laxmi  sunrise bank

साताको पहिलो दिन आइतबार शेयर बजार परिसूचक नेप्से ४०.४८ अंकले बढेको छ । यो वृद्धिसंगै नेप्से सूचक १९८०.०९ को बिन्दुमा पुगेको छ 

आज कारोबारमा आएका २७५ कम्पनीका ९५ लाख २८ हजार २ सय ५५ किय्या शेयर खरिद बिक्रीबाट ३ अर्ब ४५ करोड ४३ लाख ४४ हजार ५ सय ६३ रुपैयाँ ९१ पैसाको कारोबार भएको छ । जस मध्ये नागरिक लगानी कोषको सर्वाधिक ११ करोड ४७ लाखको कारोबार भएको छ भने शिवम सिमेन्टको १० करोड ८७ लाखको कारोबार भएको छ । त्यस्तै आईजीआई प्रुडेन्शियल इन्स्योरेन्सको १० करोड ६८ लाख तथा नेपाल टेलिकमको ८ करोड १२ लाख बराबरको कारोबार भएको छ 

आज भूगोल इनर्जीको शेयर मूल्य सर्वाधिक १० प्रतिशत बढेको छ भने सिटी होटेलको शेयर मूल्य ९.९९ प्रतिशत बढेको छ । त्यस्तै गुहेश्वरी मर्चेन्ट बैंक एण्ड फाइनान्सको शेयर मूल्य ८.७०, रिलायन्स फाइनान्सको शेयर मूल्य ८.३६ प्रतिशत तथा नागरिक लगानी कोषको शेयर मूल्य ८.३१ प्रतिशतले बढेको छ 

आज कारोबारमा आएका सबै समुहगत उपसूचक बढेका छन् । जस मध्ये फाइनान्स समुह सर्वाधिक ५.७२ प्रतिशत, इन्भेष्टमेन्ट समुह ५.११ प्रतिशत तथा विकास बैंक समुह ४.६६ प्रतिशतले बढेको छ 

आज कारोबारमा आएका मध्ये २१२ कम्पनीको शेयर मूल्य बढेको छ भने ६ कम्पनीको शेयर मूल्य मात्र घटेको छ । ५ कम्पनीको मूल्य भने स्थिर रहेको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved