शेयरबजारमा दोहोरो अंकको वृद्धि: सूचक २ हजारको बिन्दुमाथि, ४ अर्ब बढीको कारोबार

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 13, 2023 | 03:20:00 PM मा प्रकाशित

laxmi  sunrise bank

मंगलबार शेयर बजार परिसूचक नेप्से दोहोरो अंकले बढेको छ । आज नेप्से सूचक ३४.१७ अंकले बढेर २०२०.६४ को बिन्दुमा पुगेर रोकिएको छ ।

आज कारोबारमा आएका २७० कम्पनीका १ करोड ८ लाख १ हजार ६ सय ९३ कित्ता शेयर खरिद बिक्रीबाट ४ अर्ब १२ करोड ६६ लाख ९५ हजार ९ सय ४३ रुपैयाँ ९७ पैसाको कारोबार भएको छ । जस मध्ये शिवम सिमेन्टको सर्वाधिक २७ करोड ६६ लाखको कारोबार भएको छ । त्यस्तै हिमालयन डिस्टिलरीको १७ करोड ५० लाख, आइजीआई प्रुडेन्शियल इन्स्योरेन्सको १२ करोड २६ लाख, तथा सोल्टी होटेलको १२ करोड १८ लाखको कारोबार भएको छ ।

आज विन नेपाल लघुवित्तको शेयर मूल्य सर्वाधिक १० प्रतिशतले बढेको छ । त्यस्तै भूगोल इनर्जी र सिटी होटेलको शेयर मूल्य ९.९७ प्रतिशत बढेको छ । हिमालयन डिस्टिलरीको शेयर मूल्य ८.८० प्रतिशत तथा शिवम सिमेन्टको शेयर मूल्य ८.२३ प्रतिशत बढेको छ ।

आज प्रभु स्मार्ट फण्ड र सिटिजन म्युचुअल फण्ड २ को इकाई मूल्य क्रमश ३.९३ र ३.१७ प्रतिशत घटेको छ । त्यस्तै युनिलिभर नेपालको शेयर मूल्य ३.१४ प्रतिशत घटेको छ ।

आज कारोबारमा आएका सबै समुहगत सूचक बढेका छन् । जस मध्ये उत्पादन तथा प्रसोधन समुह सर्वाधिक ४.३२ प्रतिशतले बढेको छ भने जीवन बीमा समुह २.७३ प्रतिशत र लघुवित्त समुह २.६४ प्रतिशत बढेको छ ।

आज कारोबारमा आएका मध्ये १९६ कम्पनीको मूल्य बढेको छ भने २२ कम्पनीको मूल्य घटेको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved