बुक विल्डिङ्ग आईपिओ: योग्य संस्थागत लगानीकर्ताको संख्या १३५ पुग्यो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 13, 2023 | 05:35:28 PM मा प्रकाशित

laxmi  sunrise bank

बुक विल्डिङ्ग विधि मार्फत निष्काशित हुने आईपिओको लागि योग्य संस्थागत लगानीकर्ताको रुपमा कार्य गर्न थप ४ संस्थाले स्वीकृति पाएका छन् । नेपाल धितोपत्र बोर्डले वैशाख १० थप ४ संस्थालाई स्वीकृति दिएको हो ।

यसै संगै यस्तो स्वीकृति पाउनेको संख्या १३५ पुगेका छन् ।  पछिल्लो समय स्वीकृति पाउनेमा एनएमबि सुलभ इन्भेष्टमेन्ट फण्ड २, लागत इन्भेष्ट प्रालि, राष्ट्रिय वाणिज्य बैंक, र ट्र् नर्थ एसोसिएटस रहेका छन्।

बुक विल्डिङ्ग विधि मार्फत धितोपत्रको प्रारम्भिक सार्वजनिक निष्काशन गर्दा योग्य संस्थागत लगानीकर्ताबाट खरिद आशय मूल्य प्राप्त गर्नु पर्ने व्यवस्था गरिएको छ । खरिद आशय मूल्यको आधारमा धितोपत्रको बिक्री मूल्य सीमा निर्धारण गरी योग्य संस्थागत लगानीकर्तालाई निष्काशित धितोपत्रको ४० प्रतिशत र सर्वसाधारण लगानीकर्ताको लागि ६० प्रतिशत धितोपत्र निष्काशन गर्नु पर्नेछ। संस्थागत लगानीकर्तालाई निष्काशन गरेको धितोपत्र बजारमा सूचिकरण भएको मितिले छ महिना सम्म बिक्री वा हस्तान्तरण गर्न सक्ने छैन । 

हाल सर्वोत्तम सिमेन्ट  र रिलायन्स स्पिनिङ मिल्सले बुक विल्डिङ विधिबाट आईपिओ निष्काशनको तयारी गरिरहेका छन् ।  

योग्य संस्थागत लगानीकर्ताको रुपमा कार्य गर्न स्वीकृत संस्थाको पूर्ण सूची हेर्न यहाँ क्लिक गर्नु होला ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved