लाईसेन्स रोक्ने निर्देशन खारेजीको माग गर्दै नयाँ ब्रोकरले अर्थसमितिलाई बुझाए ज्ञापन पत्र

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 14, 2023 | 01:54:11 PM मा प्रकाशित

laxmi  sunrise bank

पुँजीबजारमा आउंदै गरेका नयाँ ब्रोकरहरुको संगठन न्यु स्टक ब्रोकर एसोसिएसन नेपालले प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिलाई ज्ञापन पत्र बुझाएको छ । अर्थ समितिले स्टक एक्सचेन्ज र ब्रोकर लाईसेन्स प्रक्रिया रोक्न दिएको निर्देशन खारेजीको माग गर्दै एसोसिएसनले ज्ञापन पत्र बुझाएको हो 

एसोसिएसनले अर्थ समितिलाई यसबारे निर्देशन दिने अधिकार नै नरहेको जिकिर गर्दै निर्देशन खारेज गर्न माग गरेको छ । अर्थ समितिले  केही सीमित सिण्डिकेट र एकाधिकार बजार चाहने हाल सञ्चालनमा रहेका धितोपत्र दलाल व्यवसायीहरुको गुमराहमा परी तिनीहरुको सिण्डिकेटलाई कायम गर्न मद्दत पुग्ने गरी निर्देशन जारी गरेको एसोसिएसनको आरोप छ 

अर्थ समितिको निर्देशनले करीब आधा करोड लगानीकर्ताहरुको आशा र विश्वास गुम्ने,  नेपालको पूँजीबजारमा भएको यत्ती ठूलो प्रगतिलाई रोक्ने एसोसिएसनले जनाएको छ । सो निर्देशनलाई तुरुन्त खारेज गर्न अनुरोध गर्दै  नेपालको पूँजीबजार सुधार तथा बजारको विकास एवं विस्तारको कार्यलाई नेतृत्व प्रदान गर्न समेत एसोसिएसनले आग्रह गरेको छ। 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved