शेयरबजारमा दोहोरो अंकको वृद्धि कायमै, आज ५ अर्बको कारोबार

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 14, 2023 | 03:13:51 PM मा प्रकाशित

laxmi  sunrise bank

आज बुधबार पनि शेयर बजार परिसूचक नेप्से दोहोरो अंकले बढेको छ । आज नेप्से सूचक १६.४२ अंकले बढेर २०३७.०६ को बिन्दुमा पुगेर रोकिएको छ ।

आज कारोबारमा आएका २७५ कम्पनीका १ करोड २५ लाख ६१ हजार ४ सय ४० कित्ता शेयर खरिद बिक्रीबाट ५ अर्ब १ करोड ७८ लाखको कारोबार भएको छ । आज शिवम सिमेन्टको सर्वाधिक २८ लारोद १७ लाखको कारोबार भएको छ । त्यस्तै हिमालयन डिस्टिलरीको २४ करोड ३३ लाखको कारोबार भएको छ भने नेपाल लाइफ इन्स्योरेन्सको १४ करोड ५६ लाखको कारोबार भएको छ ।

आज खप्तड लाघुबितातको शेयर मूल्य सर्वाधिक ९.९९ प्रतिशत तथा सिटी होटेलको शेयर मूल्य ९.९५ प्रतिशत बढेको छ । त्यस्तै भूगोल इनर्जी र आदर्श लघुवित्तको शेयर मूल्य समान ७.५२ प्रतिशतले बढेको छ ।

आज राष्ट्रिय बीमा कम्पनीको शेयर मूल्य ५.६२ प्रतिशतले घटेको छ भने मोलुंग हाइड्रोको शेयर मूल्य ५.०४ प्रतिशतले घटेको छ । शुभम पावरको शेयर मूल्य ४.३१ प्रतिशत घट्दा युनिलिभरको शेयर मूल्य ४.१२ प्रतिशतले घटेको छ ।

आज कारोबारमा आएका मध्ये ट्रेडिङ, निर्जीवन बीमा, इन्भेष्टमेन्ट, होटेल तथा टुरिजम, फाइनान्स र विकास बैंक समुहका समुहगत सूचक घटेका छन् । जस मध्ये होटेल समुह सबै भन्दा धेरै ०.९३ प्रतिशत घटेको छ । आज वृद्धि भएका समुहगत सुचक मध्ये अन्य समुह २.३५ प्रतिशतले बढेको छ भने लघुवित्त समुह १.७३ प्रतिशत बढेको छ ।

आज कारोबारमा आएका मध्ये १२६ कम्पनीको शेयर मूल्य बढेको छ भने ९१ कम्पनीको मूल्य घटेको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved