नयाँ स्टक र ब्रोकर लाईसेन्सबारे धितोपत्र बोर्डसँग छलफल गर्न अर्थ समितिले बोलायो बैठक

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 18, 2023 | 03:36:02 PM मा प्रकाशित

laxmi  sunrise bank

प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिले नयाँ स्टक एक्सचेन्जको लाईसेन्स प्रक्रिया, र नयाँ ब्रोकरको लाईसेन्सको प्रक्रियाबारे नेपाल धितोपत्र बोर्डसँग छलफल गर्ने भएको छ। समितिले यसबारे छलफल गर्न असार ५ गते मंगलबार बैठक बोलाएको छ । 

समितिको जेठ २९ गते बसेको बैठकले आगामी बैठकमा अर्थ मन्त्रालय र नेपाल धितोपत्र बोर्डका पदाधिकारीहरुसँग स्टक एक्सचेन्ज र ब्रोकर लाईसेन्सका विषयमा विस्तृत छलफल गर्ने निर्णय गरेको थियो । सोहि अनुसार समितिले मंगलबार अर्थ मन्त्रालय र नेपाल धितोपत्र बोर्डका पदाधिकारीहरुसँग हल्फल गर्न लागेको हो ।

समितिको जेठ २९ को बैठकले स्टक र ब्रोकर लाईसेन्स प्रक्रिया स्थगन गर्न पनि निर्देशन दिएको थियो । समितिको जेठ २९ गते बसेको बैठकले समितिबाट विस्तृत अध्ययन गरी अर्को निर्णय नभएसम्मका लागि नयाँ स्टक एक्सचेन्जको स्थापना सम्बन्धी कामकारवाहीलाई अगाडी नबढाउन नेपाल सरकार अर्थ मन्त्रालय, नेपाल धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेन्जलाई निर्देशन दिने निर्णय गरेको थियो । त्यस्तै समितिको सोहि बैठकले ब्रोकर लाईसेन्स प्रदान गरेको विषयमा छानविन गर्ने निर्णय गरेको थियो ।  

 अर्थ समितिले लाईसेन्स रोक्न निर्देशन दिएसंगै नयाँ ब्रोकरहरुको संगठन 'न्यु स्टक ब्रोकर एसोसियन'ले निर्देशन खारेज गर्न अर्थ समितिलाई नै ज्ञापन पत्र बुझाएको थियो । त्यस्तै एसोसियनले अर्थ समितिको पत्र कार्यान्वयन नगरी त्यसलाई खारेज गर्न माग गर्दै नेपाल धितोपत्र पत्र बोर्डका अध्यक्षलाई पनि ज्ञापन पत्र बुझाएको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved