ग्रीन भेन्चर्सको साधारणसभा आह्वान, ७ जना संचालकको निर्वाचन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 22, 2023 | 09:27:11 AM मा प्रकाशित

laxmi  sunrise bank

ग्रीन भेन्चर्स लिमिटेडले साधारणसभा आह्वान गरेको छ । कम्पनीले असार २९ गते शुक्रबार सभा आह्वान गरेको हो ।

कम्पनीले साधारणसभा प्रयोजनको लागि असार १५ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । असार १४ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन सक्ने छन् । कम्पनीले लाभांश पस्ताव गरेको छैन ।

यस्ता छन् कम्पनीको सभामा पेश हुने प्रस्ताव 

 (क) आ.व. २०७८।०७९ को संचालक समितिको वार्षिक प्रतिवेदन उपर छलफल गरि पारित गर्ने ।

(ख) आ.व. २०७८/०७९ को लेखापरीक्षण प्रतिवेदन सहितको वासलात, नाफा तथा नोक्सान विवरण, नगद प्रवाह विवरण सहितको वार्षिक आर्थिक विवरण पारित गर्ने ।

(ग) आ.व. २०७९।०८० को लेखापरीक्षकको नियुक्ती तथा निजको पारिश्रमीक निर्धारण गर्ने ।

(घ) कम्पनीको नियमावलीको नियम २७ (२) मा संस्थापक मध्येबाट निर्वाचित ५ जना, सर्वसाधारण शेयरधनी मध्येबाट निर्वाचित १ जना र १ जना स्वतन्त्र संचालक गरी जम्मा ७ जना संचालक रहने व्यवस्था भएकोले संस्थापक समूहबाट ५ जना र सर्वसाधारण शेयरधनी समूहबाट १ जना संचालकको निर्वाचन गर्ने ।

(ङ) स्वतन्त्र संचालक नियुक्ती गर्ने ।

(च) कम्पनीका संचालकको बैठक भत्ता निर्धारण गर्ने ।

(छ) विविध ।


विशेष प्रस्ताव:


कम्पनीको नियमावलीमा संशोधन गर्ने विशेष प्रस्ताव: कम्पनीको नियमावलीको नियम २७ (३) मा संचालकहरुको कार्यकाल ५ वर्षको हुने व्यवस्था भएको र नियमावलीको नियम २९ (२) मा स्वतन्त्र संचालकको कार्यकाल ५ वर्षको हुने व्यवस्था भएको तर कम्पनी ऐनको दफा ९० (२) मा संचालकको कार्यकाल ४ वर्षको हुने व्यवस्था भएकोले सो अनुकुल संचालकको कार्यकाल ४ वर्ष राख्नको लागि नियमावलीका उक्त नियमहरुमा संशोधनको लागि विशेष प्रस्ताव पारित गर्ने ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved