फास्ट ट्रयाकमा जाँचबुझ हुँदै घोराहीको आइपीओ मुद्दा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 22, 2023 | 04:18:21 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल धितोपत्र बोर्डले घोराही सिमेन्टको आईपिओको विषय छानबिन गर्न समिति गठन गरेको छ। बोर्डले बुधबार सुपरिवेक्षण विभागका उप कार्यकारी निर्देशक दिपेश ताम्राकारको संयोजकत्वमा छानबिन समिति गठन गरेको हो ।

बोर्ड अध्यक्ष रमेश हमालले उक्त समितिले फास्ट ट्रयाकमा काम गरिरहेको बताएका छन् । समितिले काम सकेपछि छिट्टै नै यस आईपिओबारे के हुन्छ भन्ने जानकारी गराउने अध्यक्ष हमालले बताए । उनले भने 'जाँचबुझको काम भईरहेको छ, के हुन्छ भन्ने अहिले नै भन्न सकिदैन, फास्ट ट्रयाकमा काम भईरहेको छ, समितिले काम सकेपछि जानकारी दिन्छौ '।

नेपाल धितोपत्र बोर्डले  केयर रेटिङ्गको विषयमा बोर्डमा उजुरी परेकोले त्यसमाथि छानबिन गर्न आईपिओ रोकेको जनाएको छ । घोराही सिमेन्ट इण्डष्ट्री लिमिटेडलाई प्रदान गरेको इस्युअर रेटिङ, क्रेडिट रेटिङ्ग नियमावली, २०६८ को नियम ३४ को उपनियम (२) विपरित भए, नभएको बारेमा केयर रेटिङ्ग नेपाल लिमिटेडलाई स्पष्टिकरण सोधिएकोमा सो अवधिमा जवाफ नआएकाले कैफियत जाँचबुझका लागि आईपिओ बिक्री रोकेको बोर्ड अध्यक्ष रमेश हमालले बताए । साथै मागभन्दा बढीको आवेदन परिसकेपछि पनि म्याद थप गरेको बारे पनि छानबिन हुने उनले बताएका छन् । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved